पर्यटक प्रवेश शुल्कबापत चार करोड संकलन



हाम्रो इकोनोमि

खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन शुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार ३५८ पर्यटकबाट प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।

अक्टोबरमा पुरुष आठ हजार ५५१ र महिला पाँच हजार ५७७ गरी १४ हजार १२८ पर्यटक आएका थिए । नोभेम्बरमा पुरुष चार हजार ५६ र महिला दुई हजार ६२० गरी छ हजार ६७६ तथा डिसेम्बरमा एक हजार ५५४ जना पर्यटक भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)ले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक रु दुई हजार शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाए पनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका खासै काम गर्न नसकेको भन्दै गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गाउँपालिकाले टिम्स कार्ड निषेध गर्दै प्रवेश शुल्क लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । गाउँपालिकाले लिएको शुल्कले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वधार निर्माणलगायत काम गर्ने शेर्पाको भनाइ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, थामसेर्कु, कोङ्दे, आमादब्लमलगायत हिमशृङ्खला खुम्बु गाउँपालिका भित्र पर्छ ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...