दुई दिन लगातार बढेको नेप्से आज २० अंकले घट्यो, सबै उपसुचक ओरालो



हाम्रो इकोनोमि

बुधबार नेप्से २०.६३ अंकले घटेर १४१६.६१ अंकमा झरेको छ । सोमबार र मंगलबार बढेको बजार बुधबार घटेको हो । सोमबार नेप्से ४४ अंक तथा मंगलबार २.४४ अंकले बढेको थियो । कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि बजार दोहोरो अंकले घटेको हो।

यसदिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल २९, माइक्रोफाइनान्स २६.६८, हाइड्रोपावर २६.०१, अन्य समूहको १९, विकास बैंकको १७ र बैंकिङ समूहको परिसूचक १६ अंकले ओरालो लागेका छन् ।

यसदिन १५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १९ करोड कम हो । बजार २० अंकले घट्दा समग्र बजार पूँजीकरण २४ अर्बले घटेर १६ खर्ब ४८ अर्ब कायम भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा बढी नेपाल टेलिकमको ४ करोड ३० लाख बराबरको कारोबार भयो । स्ट्याडार्ण्ड चार्टर्ड बैंकको झण्डै चार करोड रुपैयाँको कारोबार हुँदा प्रभु बैंकको ३ करोड ८७ लाखको किनबेच भयो ।

यसदिन मल्टीपरपोज फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् भने मिथिला लघुवित्तको ६ प्रतिशतले ओरालो लागेको छ । खानिखोला, कर्णाली डेभलपेमन्ट बैंक तथा रिडी हाइड्रो लगायतका कम्पनीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...