राजधानीको माग गर्दै अनिश्चितकालीन डोटी बन्द,राजधानीको बिरोध गर्दै धनकुटामा आमहडताल



७ नम्बर प्रदेशको राजधानी डोटी बनाउनु पर्ने माग गर्दैै डोटीमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । प्रदेश ७ को अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीवासीले बन्दलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आज बिहान डोटीमा दिपायलमा बसेको संघर्ष समितिको बैठकले प्रदेश नं. ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द छन् । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका केही सवारी साधन चल्न दिने समितिले निर्णय गरेको छ । । संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए ।उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दिपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए । डोटीमा ग्रामिणभागमा पनि बिरोध प्रर्दशन सुरु भएको छ ।

त्यस्तै सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने षड्यन्त्र गरेको भन्दै धनकुटामा आजदेखि अनिश्चितकालिन आमहड्ताल सुरु भएको छ । सरकारले सार्वजनिक गरेको प्रस्तावित खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर भएको समाचार सार्वजनिक भएपछि धनकुटावासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आह्वान गरेका हुन् ।

आमहड्तालका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन चल्न सकेका छैनन् । एका बिहानैदेखि सयौंको संख्यामा धनकुटावासी सडकमा उत्रिएका छन् । सरकारबिरुद्ध प्रदर्शन गर्दै उनीहरुले सडक अवरुद्ध पारेका छन् ।

यातायात ठप्प बनाएका जिल्लावासीले मोटरसाईकल समेत गुड्न दिएका छैनन् । जिरोप्वाइन्ट, सरस्वती चौक, आत्मारा लगायत दर्जनौ स्थानमा गाडी तेस्राएर सडक अवरुद्ध गरिएको छ । बजार पसल, उद्योग धन्दा, कलकारखाना लगायत पनि ठप्प छन् । सरकारी कदमबिरुद्ध आक्रोशित बनेर आन्दोलन चर्काउने चेतावनी दिएका धनकुटावासीले माग पूरा नभएसम्म आमहड्ताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।

अन्यत्र प्रादेशिक राजधानी स्वीकार नगर्ने अडान राख्दै आएका जिल्लावासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मूल्य चुकाउन पनिपछि नपर्ने चेतावनी दिएका छन् । प्रशासनिक गौडा हुँदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत भई सकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनु पर्ने जिल्लावासीको माग छ ।

प्रादेशिक राजधानी घोषणाका लागि पटक–पटक दबाब दिँदै आएका धनकुटावासीले पछिल्लो तीन साता यता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानीका माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी