मलेसिया पुगेका सिलवाललाई खोज्दै ललितपुर पुग्यो प्रहरी,सिलवाललाई पक्राउ गर्न घर पुगेको प्रहरी टोली रित्तै फर्कियो



हाम्रो इकोनोमि

सरकारी कागजपत्र कीर्ते मुद्दाको अनुसन्धानका लागि एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्किएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोली मंगलबार बेलुका ललितपुरको गोदावरीस्थित सिलवालको घरमा पुगेको थियो। तर, सिलवाल घरमा थिएनन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गरी बुझाउन मंगलबार ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो। पत्र प्राप्त गरेलगत्तै ललितपुर प्रहरीको टोली सिलवाल निवास पुगेको हो।

आइजिपी बढुवासम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागजपत्र नक्कली भएको सर्वोच्च अदालतले फैसला गरिसकेको छ। सोही फैसला कार्यान्वायनका लागि गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। सो मुद्दाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गरी बुझाउन काठमाडौं परिसरले ललितपुर परिसरलाई पत्राचार गरेको थियो।

परिसरको पत्रअनुसार नै प्रहरी सिलवाल निवासमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी गणेश ऐरले बताए।

स्रोतका अनुसार केही दिनअघि नै उनले घर छाडिसकेका थिए। सिलवालले एक कार्यक्रममा भाग लिन मलेसिया गएको दाबी गरेका छन्। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन रेकर्डमा उनी विदेश गएको देखिन्न।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...