पखालाले थलिएका ओली तङ्ग्रिए,एकता संयोजन समितिको बैठक राख्न आजै ओली-प्रचण्डको छलफल हुने



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार साँझसम्म भेटवार्ता हुने सम्भावना बढेको छ। चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो।

आज हुने सम्भावित भेटमा मूलतः पार्टी एकताका विषयमा नै दुई शीर्ष नेताबीच छलफल हुनेछ। हिजो भएको माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डले ओलीको स्वास्थ्यस्थितिका कारण २–३ दिन यता ओलीसँग भेट हुन नसकेको बताउँदै छिट्टै पार्टी एकताका विषयमा कुराकानी गर्ने जानकारी गराएका थिए।

‘अध्यक्ष ओलीको स्वास्थ्यस्थिति अहिले राम्रो छ, आज विहानैदेखि भेटघाट गर्न थाल्नु भएको छ’ ओलीका प्रेस सहयोगी चेतन अधिकारीले भने, ‘भेटघाट तय त भइसकेको छैन, तर साँझसम्म दुई शीर्ष नेताहरुबीच भेट हुनसक्छ।’

वाहिर चर्चा गरिएजस्तो एकता संयोजन समितिको बैठक चाहिँ आज बस्ने सम्भावना छैन। ओली–प्रचण्डबीच आज साँझसम्म भेट हुन सक्यो भने त्यसपछिमात्र एकता संयोजन समितिको बैठक बस्न सक्छ। किनभने, पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा सहमति भएपछिमात्र एकता संयोजन समितिको बैठक राख्ने मुडमा ओली–प्रचण्ड छन्।

यसअघि १२ पुषको भेटमा ओली–प्रचण्डले १–२ दिनमै संयोजन समितिको बैठक बस्ने निर्णय गरेका थिए। चाँडै नै पार्टी नेतृत्व सम्बन्धमा सहमति हुने विश्वासका आधारमा त्यो निर्णय भएको थियो। स्रोतले भन्यो, ‘दुईजना अझै नेतृत्वका विषयमा विमर्शमा हुनुहुन्छ, त्यसैले, उहाँहरुबीच सहमति भएपछि मात्र समितिको बैठक हुन्छ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...