नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश : डा कोइराला



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र काँग्रेसले पाँच वर्ष संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरुपमा संगठन वलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनको बेलामा वाम गठबन्धनले दिएको राष्ट्रपतीय शासनलगायतका धमधमीतर्फ सो गठबन्धन अग्रसर भएमा मुलुक धरापमा पर्ने नेता कोइरालाको भनाइ थियो । संविधानतः लोकतान्त्रिक पद्धतिको मूल्य मान्यताको आधारमा अगाडि बढे काँग्रेसले सहयोग गर्ने उहाँले वचनबद्धता प्रकट गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर, नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिँदा फरक नपर्ने उहाँको धारणा थियो । संविधान आफैँमा पूर्ण नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले भन्नुभयो, “निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको यसरी संविधान बनाउनुहुँदैन थियो ।”

युवाका लागि शीर्ष पदहरु छोड्नुपर्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, युवा जत्तिकै जाँगर आपूmमा रहेको, देशव्यापी दौडाहा व्यापकरुपमा गरिरहेको र काँग्रेसलाई ‘युवाहरुको जोश तथा पाकाहरुको होस्’ आवश्यक छ ।”

उहाँले नेपालको विदेश नीति दुवै छिमेकी मुलुकका साथै अन्य युरोपेली मुलुकसँग पनि समतुल्य सम्बन्धका साथ अगाडि बढ्नुपर्ने नत्र मुलुक अप्ठेरोमा पर्न सक्ने बताउनुभयो । पार्टीको केन्द्रीय समितिको बैठकपछि केही विधानमा संशोधन गरी महाधिवेशनमा जानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...