तरलता समस्या समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध



हाम्रो इकोनोमि

नेपाल उद्योग परिसंघले मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी तरलताको संकटले बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि भई बढ्दो ब्याजदरले उत्पादन लागतमा वृद्धि भई उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर परेकाले प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको बताउनुभयो ।

यही अवस्था कायम रहेमा आगामी वर्ष भित्रमा मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने, अर्थतन्त्रको आकार बढेअनुरुपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैँक, अर्थ मन्त्रालय, नेपाल बैँकर्स एशोसिएसन लगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गत वर्ष पनि तरलता समस्यापश्चात् नेपाल राष्ट्र बैँकको पहलबाट ब्याजदर वाञ्छित सीमामा आई तरलता तत्कालको समस्यामा केही समाधान भई औद्योगिक व्यवसाय गर्ने वातावरण सहज भएकामा हाल पुनः यो समस्या छोटो अवधिमा देखिनु केन्द्रीकरण संरचनात्मक, नीतिगत र व्यवस्थापकीय तहमै परिवर्तन गर्नु आवश्यकता महशुस परिसंघले गरेको बताउनुभयो ।

मुलुकमा कठिन अवस्थामा समेत सफलतापूर्वक चुनाव सम्पन्न गराएकामा प्रधानमन्त्रीलाई बधाई दिँदै उहाँले आर्थिक समृद्धि, लगानी र विधिको शासनका लागि अहिले सबै तहको चुनाव भइसकेको परिवेशमा ठूलो अवसर भएको समेत बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि आफू कटिबद्ध रहेको र हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी यथासक्य सम्बोधन गर्ने आश्वासन दिनुभएको अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...