ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले एकैदिन ४४ अंकले बढ्यो सेयर बजार



हाम्रो इकोनोमि

बैंकहरुले ब्याजदर नबढाउन भनेपछि सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ ।आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको हो । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ ।

बैंकहरुले आइबार १२ प्रतिशतभन्दा बढि ब्याज नबढाउने भद्र सहमति गरेको समाचार सार्बजनिक भएपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको हो

सोमबारको कारोबारमा ४४.२२ अंकले बृद्धि हुँदै नेप्से १४३४.८० अंकमा रोकिएको छ। ३.१८ प्रतशितले बढेको बजारमा कारोबार भने ४९ करोड ४३ लाख रुपैयाँको मात्र भयो। बजार बढेको तुलनमा कारोबार रकम भने धेरै न्युन भएको छ, जवकी गत १३ गते बिहीबार २४ अंकले बजार घट्दा पनि ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो।

आज सबैभन्दा धेरै होटल ५.३३ प्रतिशत त्यस्तै माइक्रोफाइनान्स ४.१३, वाणिज्य बैंक ३.५८, हाइड्रोपावर ३.१४, विकास बैंक २.८५, फाइनान्स १.८३, ट्रेडिङ १.४९ उत्पादन १.०१ प्रतिशतले बढेको छ। तर एक अन्य उपसूचक भने ०.११ प्रतिशतले ओरालो लागेको छ।

सबै भन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको दुर्इ करोड ८८ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै राष्ट्रिय बीमा कम्पनीका प्रमोटर शेयरधनीले ८.५४ प्रतिशतले कमाएका छन् भने पुर्णिमा विकास बैंकका शेयर धनीले ३.०८ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...