सामूहिक उखुखेतीतर्फ आकर्षित



शहरउन्मुख हुँदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको हो ।

बस्ती बढ्दै गएको रामपुरमा खेतीयोग्य जमिनमा धमाधम घर तथा भवन निर्माण हुन थालेपछि परम्परागत रुपमा गर्दै आएको उखुखेती यहाँका स्थानीयले विगत एक दशकयता उखु लगाउन छाडेपछि बाहिरबाट खुदो निर्यात हुँदै आइरहेको छ ।

बाहिरबाट निर्यात हँुदै आएको खुदोलाई कम गर्न सूर्योदय कृषि सहकारी संस्था रामपुरले गत वर्षदेखि सामूहिक रुपमा उखुखेती लगाउँदै आएको छ । रामपुर नगरपालिका–३ को कीर्तिपुरमा ५२ रोपनी जग्गामा लगाइएको उखुखेती अवलोकन गर्ने, उखु, खुदो खरिद गर्नेको अहिले उत्साह बढ्दो छ ।

सहकारीले रामपुर बजारमा उखु र खुदोको माग अत्यधिक बढ्न थालेपछि जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेको हो । रामपुरको बेझाड बजारदेखि आधा घण्टाको समय सवारीसाधनमा समय खर्चिएर नमूना उखुखेती अवलोकनकै निम्ति जानेको संख्या अत्यधिक छ ।

अहिले उखु पेल्ने काम भइरहेको हुँदा दिनभर १०० भन्दा बढी ग्राहक अवलोकन गर्दै उखु, खुदो खरिदका लागि आउने गरेको सहकारीका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष ३६ रोपनी जग्गामा उखु लगाइयो, सबै खर्च कटाएर रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल भयौँ, उखु र खुदोको माग पनि बढ्यो ।” “अहिले गत वर्षको तुलनामा १६ रोपनी जग्गा बढाएर ५२ रोपनीमा उखु लगाएको उहाँले बताउनुभयो ।

“उखु पेल्ने काम भइरहेको छ । यस वर्ष झण्डै रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने अनुमान छ,” श्रेष्ठले भन्नुभयो । यहाँ उत्पादन भएको खुदो फुटकर प्रतिमाना रु १०० र थोक मूल्यमा ९२० मानाभन्दा माथि लैजानेका लागि० रु ८५ मा बिक्री भइरहेको सहकारीका उपाध्यक्ष सोमबहादुर सेनले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएको गुणस्तरको ताजा खुदो खरिदका लागि एक घण्टाको समय बिताएर उखुखेती अवलोकन गर्न र खुदो खरिद गर्न आएको रामपुरका स्थानीयवासी मोहनप्रसाद भट्टराई बताउनुहुन्छ । सहकारीले रामपुरलाई उखुखेतीका रुपमा चिनाउने उद्देश्यले उखुखेतीलाई प्राथमिकता दिएर व्यवसाय अगाडि बढाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न