पर्यटकले पनि मनाए नेपाली टोपी दिवस



भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् ।

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको ¥यालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुशी लागेको बेलायती पर्यटक जुलियाले बताउनुभयो ।

दिवसका अवसरमा उद्योग वाणिज्य संघ लमजुङ, रोटरी, रोट्रयाक्ट, जेसिससहित विभिन्न युवा क्लबले आज बिहान बेँसीशहरमा ¥याली निकालेका थिए । ¥यालीमा आयोजकसहित टोपीलगायतका विदेशी र सर्वसाधारणको स्वःस्फूर्त सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचानका टोपीको महत्व रहेको भन्दै यसको महत्वलाई अझै बढाउन टोपी दिवस सान्दर्भिक भएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष दीपक पौडेलले बताउनुभयो ।

विदेशी संस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारी तवरबाट नै टोपी दिवसलाई विशेष महत्व दिनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

विगत चारवर्षअघिदेखि रोट्रयाक्ट क्लब अफ लमजुङले टोपी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय क्लब रोट्रयाक्टले नेपाली पनको महत्वलाई प्रवद्र्धन गर्न टोपी दिवस मनाउँदै आएको क्लबका अध्यक्ष झमप्रसाद गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ