निर्वाचन आयोगले पेल्न खोजेको भन्दै बाम गठबन्धनका नेता आयोग घेर्न जाने,बम गठबन्धनका नेताको यस्तो छ तयारी



राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभातर्फको समानुपातिक सांसद सिफारिस गर्न तथा नयाँ सरकार गठन गर्न नमिल्ने तर्क गर्दै आएको निर्वाचन आयोगलाई वाम गठबन्धनले ध्यानाकर्षण गराउने भएको छ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर वाम गठबन्धनले ध्यानाकर्षण गराउन लागेको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए। आज दिउँसो ३ बजे निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रसहित उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डलले निर्वाचन सम्बन्धी विषयमा छलफल गर्दैछ।

आयोगले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोकिए पनि सम्पन्न गर्न एक महिनाको समय लाग्ने भन्दै आएको छ। राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक नभएसम्म समानुपातिक सूची सार्वजनिक गर्न संविधानले बाधा गर्ने दाबी आयोगको छ। तर एमाले भने बहुमत प्राप्त दलले तत्काल सरकार बनाउन पाउनुपर्ने मागमा छ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि सरकार छोड्नका लागि संसद पूर्ण हुनुपर्ने भन्दै आएको छ।
संविधानमा प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद भनिएको छ। संविधाने उक्त व्यवस्था पालना हुनुपर्ने सरकारको जिकिर छ। लामो समय राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालय रोकिँदा सरकारले निर्वाचनको मिति तोक्न सकेको थिएन। अध्यादेश जारी भए पनि सरकार मिति तोक्ने आन्तरिक तयारीमा मात्र जुटेको छ। आयोगले भने राष्ट्रियसभाको निर्वाचन गर्न दल दर्ता आह्वान भने गरिसकेको छ।

सरकारले निर्वाचनको मिति तोकेपछि आयोगले एक महिनाको अवधि लिँदै प्रत्येक प्रदेशमा अलगअलग राष्ट्रियसभा निर्वाचन गर्ने तयारी गरेको छ। संविधानले निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई दिएको छ। सरकारले आयोगको परामर्शमा मिति तोक्न भएकाले तत्काल तोक्न आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसअघि नै आग्रह गरिसकेका छन्। सरकार यतिबेला प्रदेश प्रमुख, प्रदेशको राजधानी र निर्वाचन मिति एकैपटक तोक्ने आन्तरिक तयारीमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी