नयाँ सरकार गठनमा ढिलाइ गर्नुहुन्न, वाम गठबन्धनमा विवाद छैन : माओवादी नेता सापकोटा



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले अब यसमा ढिलाइ गर्न नहुने बताउनुभएको हो ।

नेता सापकोटाले भन्नुभयो, “अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ, त्यसैले पनि विभिन्न बहानामा नयाँ सरकार गठन गर्न ढिलाइ भए, जनताको इच्छा र आकांक्षामा मात्र नभई लोकतान्त्रिक पद्धतिमै प्रश्न चिह्न उठ्छ ।”

संविधानको धारा ७६ को उपधारा ८ मा स्पष्ट रुपमा नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाले सक्ने व्यवस्था भएको तर्क गदै उहाँले सरकार गठनका लागि राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोड्नु आवश्यक नभएको दाबी गर्नुभयो ।नयाँ सरकार गठन र पार्टी एकीकरणमा वाम गठबन्धनबीच कुनै पनि विवाद नभएको दाबी गर्दै नेता सापकोटाले बाहिर आएका हल्ला सत्य नभएको जिकिर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्छ, सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्छ, बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शीर्ष दुई नेताले स्थायी रुपमै गर्ने गरी अगाडि बढेको छ ।”

उहाँले अहिले भइरहेको भ्रष्टाचारको एक एक हिसाब चाहिने भन्दै भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...