कमल थापा संग जोरी खोजेका मन्त्री गिरीलाई देउवाले पदमुक्त गर्दै थापालाई नयाँ मन्त्री तोके



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री बनेका गिरीलाई राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाकाे दबाबमा प्रधानमन्त्री देउवाले आइतबार पदमुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव बद्री अधिकारीले मन्त्री गिरीलाई प्रधानमन्त्रीले पदमुक्त गरेको पुष्टि गरे । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा सहरी विकासमन्त्री दिलनाथ गिरीलाई प्रधानमन्त्रीज्यूले पदमुक्त गर्नुभएको छ,’ उपसचिव अधिकारीले भने ।

उनले सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहेका कमल थापालाई दिइएको जानकारी दिए ।
राप्रपाको सिफारिसमा मन्त्री बनेका गिरीलाई पदबाट बर्खास्त गर्न शुक्रबार सो पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा सचिव परिवर्तनको विषयलाई लिएर मन्त्री गिरी र उपप्रधानमन्त्री थापाबीच बाझाबाझ भएको थियो । गिरीले सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई सरुवा गरी भखैरै मात्र सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट सचिवमा बढुवा भएका डा. रमेशकुमार सिंहलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेका थिए ।त्यसपछि मन्त्री थापाले मन्त्री गिरीलाई आफूसँग सल्लाह नै नगरी सचिव परिवर्तनको प्रस्ताव ल्याएको भन्दै हपारेका थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...