प्रचण्डलाई बाम गठबन्धनबाट छुटाउन यति सम्म गर्दैछ कांग्रेस,प्रचण्ड र कांग्रेस नेताको यस्तो छ तारन्तारको सम्बाद



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको अहिलेको रणनीति माओवादी केन्द्रलाई वामगठबन्धनबाट अलग गर्नु रहेको बताउँदै नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले गठबन्धनबाट माओवादी केन्द्रलाई अलग्याउने अभियानको नेतृत्व आफूले गर्ने घोषणा गरेका छन्।

‘पुष्पकमल दाहाललाई बाहिर (वाम गठबन्धनबाट) निकाल्नु पर्‍यो भन्दै साथीहरुले मलाई कुरा गर्न भनेका छन्’, राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आइतबार नेपाली कांग्रेस कास्कीे आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘म उनी (प्रचण्ड)सँग कुरा गर्छु, उनलाई अलग गर्न पाए हाम्रो रणनीति सफल हुन्छ भन्ने मैले बुझेको छु।’

वामगठबन्धन फुटाउने कुरा गरेपनि उनले नेपाली कांङ्ग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा बस्नुपर्नेमा जोड दिए। ‘उनीहरु (वामगठबन्धन) लाई दोष दिएर मात्र देशको आर्थिक सम्बृद्धि हुँदैन’, उनले भने, ‘ठीक भए ठीक भन्नुपर्छ, बेठीक भए बेठीक भन्नुपर्छ, सम्बृद्धि आए कम्युनिष्ट आफै हराउँछन्।’

टिकट बितरणदेखि नै गल्ती गरेका कारण नेपाली कांग्रेसले पराजय ब्यहोरेको बताउँदै उनले पार्टीभित्र मूल्याङ्कन पद्दतिलाई चुस्त बनाउनु पर्नेमा जोड दिए। आफूलाई तत्काल पार्टी सभापति वा प्रधानमन्त्री बन्ने कुनै लालच नभएको भन्दै उनले अबको पाँच वर्षभित्र कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा लाग्ने उद्घोष समेत गरे।

चुनावी पराजयपछि पार्टीको नेतृत्व नै परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको बेला उनी भने सभापति शेरबहादुर देउवाप्रति नरम देखिए। चुनावी पराजयको दोष पार्टी सभापतिलाई मात्र दिन नहुने बताउँदै उनले सच्चिने जिम्मेवारी सबै कार्यकर्ताको भएको जिकिर गरे। ‘मैले पार्टी सभापतिसँग हारको समीक्षा गर्नुपर्छ भनेको छु’, उनले थपे, ‘अब केही दिनभित्रै हामी पराजयको समीक्षा गर्छाैं।’

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...