निर्वाचन आयोगको कार्यशैली शंकास्पद : नेता ज्ञवाली



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर–१, का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगको कार्यशैली शंकास्पद रहेको टिप्पणी गर्नुभएको छ ।

आइतबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले ‘निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्ष र विपक्ष भएर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय भएको बताउनुभयो । उहाँले निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम नगरेको आरोप लगाउनुभयो ।

उहाँले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दीर्घकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताउनुभयो । ‘सरकारले सहमती भन्दा निहुँ खोजिरहेको छ’, ज्ञवालीले भन्नुभयोे, ‘ आयोगका कुनै निर्णय पनि वाम गठबन्धनलाई मान्य छैनन् ।’

अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको ज्ञवालीले बताउनुभयो । चुनावको मत परिणाम सार्वजनिक भएको १५ दिन बितिसक्दासमेत सरकारले कुर्सीमै रमिता देखाई रहेको नेता ज्ञवालीले आरोप लगाउनुभयो । ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधि शंकास्पद रहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...