अनियमितताका सरदारले नाट्टाको अध्यक्षमा लगाए गिद्दे नजर,यीनै नौ कारणले सोत्तर बन्दैछन सिएन पाण्डे



हाम्रो इकोनोमि

नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी १२ जनवरी २०१८ मा हुने अधिवेशनमा वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिबादास्पद क्रियाकलापका कारण कुख्याती कमाएका पाण्डे नामुद भ्रस्ट ब्यक्ती समेत हुन्। पाण्डेले आफु नाट्टाको पोखरा च्याप्टरहुँदै विभिन्न पदमा रहेर काम गरेको अनुभव सहित नेतृत्वको दावी गरेका हुन् । तर उनले दाबी गरे जस्तो काम उनले कहिले पनि गरेनन।

यी हुन् सिएन पाण्डे ?

पाण्डे सर्वसम्मत हुने नसक्ने यस्ता छन नौ आधार,यिनै आधारले चुनाब भए पनि पाण्डे सोत्तर बन्नेछन्

१) लामो समयदेखी पोखराको नाट्टा च्याप्टर हुदै नाट्टाको कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्ष रहेर काम गरेको भए पनि अनियमितताको संजालमा जेलिएर बिबादै विवादमा फसेको ।
२) व्यवसायिक हिसावको कुरा गरेर असफल र आफै वनेका ठुला पर्यटन व्यवसायीको हर्ताकर्ता भन्दै अरुलाई मान्छे नगन्ने
३) व्यवसायिक तथा अन्तराष्ट्रिय सम्वन्धमा दरार ल्याउने र बदनामी काम गरेर सस्थालाई अधोगती तर्फ उन्मुख गराउने कार्यमा लिप्त
४) पछिल्लो अवधिमा नाट्टाको पचासौं वर्ष स्वर्ण जयन्तिको कार्यक्रममा अवधारणा देखि समापन सवै कार्यक्रममा संयोजकको काम गर्दा बिसौ लाख अपचलन गरेको र जिम्मेवारी पुरा गर्न नसकी हुतिहारा पारा देखाउदै असक्षम भएको
५) ठुला व्यवसायीका लागी काल बनेर प्रस्तुत हुने साना व्यवसायिलाई नगन्ने र मैले भने जस्तो मानेन र गरेन भने सिध्याई दिन्छु भन्दै आर्यघाट पुर्याउने धम्की दिने
६) कुशल नेतृत्व क्षमता भएको भन्दै म जति जान्ने अरु कोही छैन म छुट्टै ग्रह बाट आएको र आफुलाई अव्वल प्रमाणित गरीसकेको भन्दै धाक लगाउने,ठुला कुरा गर्ने तर सिन्को समेत नभाँच्ने
७) लगानीको विविधिकरणलाई राम्रो संग बुझेर अनियमिततामा नाम कमाएको र चतुर कमिशनखोरको अन्तरास्ट्रिय परिचय बनाएको
८) नेतृत्व क्षमताकै कारण देखाएर खुराफात प्रयोग गर्दै सर्वसाधारण सेयरधनिको प्रतिनिधित्वका नाममा  मेगा बैंकको सञ्चालक भएर बैकिङ्ग कसुर भित्र पर्ने डरलाग्दा काम गरेको,माफियाको गुरुका रुपमा सर्बत्र चिनिने परिचय बनाएको
९) खुराफातकै कारण अधिकांश पुर्व अधक्ष्यहरुको रोजाईमा नपर्दा पर्दै पनि शक्ती केन्द्रलाई प्रभाबमा पारेको नाटक देखाऊदै पाण्डे सम्राट ग्रुपका सिइओका नाममा कानुन बर्जित काममा पोख्त ब्यक्ती समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...