अनियमितताका सरदारले नाट्टाको अध्यक्षमा लगाए गिद्दे नजर,यीनै नौ कारणले सोत्तर बन्दैछन सिएन पाण्डे



हाम्रो इकोनोमि

नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी १२ जनवरी २०१८ मा हुने अधिवेशनमा वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिबादास्पद क्रियाकलापका कारण कुख्याती कमाएका पाण्डे नामुद भ्रस्ट ब्यक्ती समेत हुन्। पाण्डेले आफु नाट्टाको पोखरा च्याप्टरहुँदै विभिन्न पदमा रहेर काम गरेको अनुभव सहित नेतृत्वको दावी गरेका हुन् । तर उनले दाबी गरे जस्तो काम उनले कहिले पनि गरेनन।

यी हुन् सिएन पाण्डे ?

पाण्डे सर्वसम्मत हुने नसक्ने यस्ता छन नौ आधार,यिनै आधारले चुनाब भए पनि पाण्डे सोत्तर बन्नेछन्

१) लामो समयदेखी पोखराको नाट्टा च्याप्टर हुदै नाट्टाको कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्ष रहेर काम गरेको भए पनि अनियमितताको संजालमा जेलिएर बिबादै विवादमा फसेको ।
२) व्यवसायिक हिसावको कुरा गरेर असफल र आफै वनेका ठुला पर्यटन व्यवसायीको हर्ताकर्ता भन्दै अरुलाई मान्छे नगन्ने
३) व्यवसायिक तथा अन्तराष्ट्रिय सम्वन्धमा दरार ल्याउने र बदनामी काम गरेर सस्थालाई अधोगती तर्फ उन्मुख गराउने कार्यमा लिप्त
४) पछिल्लो अवधिमा नाट्टाको पचासौं वर्ष स्वर्ण जयन्तिको कार्यक्रममा अवधारणा देखि समापन सवै कार्यक्रममा संयोजकको काम गर्दा बिसौ लाख अपचलन गरेको र जिम्मेवारी पुरा गर्न नसकी हुतिहारा पारा देखाउदै असक्षम भएको
५) ठुला व्यवसायीका लागी काल बनेर प्रस्तुत हुने साना व्यवसायिलाई नगन्ने र मैले भने जस्तो मानेन र गरेन भने सिध्याई दिन्छु भन्दै आर्यघाट पुर्याउने धम्की दिने
६) कुशल नेतृत्व क्षमता भएको भन्दै म जति जान्ने अरु कोही छैन म छुट्टै ग्रह बाट आएको र आफुलाई अव्वल प्रमाणित गरीसकेको भन्दै धाक लगाउने,ठुला कुरा गर्ने तर सिन्को समेत नभाँच्ने
७) लगानीको विविधिकरणलाई राम्रो संग बुझेर अनियमिततामा नाम कमाएको र चतुर कमिशनखोरको अन्तरास्ट्रिय परिचय बनाएको
८) नेतृत्व क्षमताकै कारण देखाएर खुराफात प्रयोग गर्दै सर्वसाधारण सेयरधनिको प्रतिनिधित्वका नाममा  मेगा बैंकको सञ्चालक भएर बैकिङ्ग कसुर भित्र पर्ने डरलाग्दा काम गरेको,माफियाको गुरुका रुपमा सर्बत्र चिनिने परिचय बनाएको
९) खुराफातकै कारण अधिकांश पुर्व अधक्ष्यहरुको रोजाईमा नपर्दा पर्दै पनि शक्ती केन्द्रलाई प्रभाबमा पारेको नाटक देखाऊदै पाण्डे सम्राट ग्रुपका सिइओका नाममा कानुन बर्जित काममा पोख्त ब्यक्ती समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...