नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट



हाम्रो इकोनोमि

चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष सुरक्षा योजनाअनुरुप शुक्रबार र शनिबार ९३ जना प्रहरी टोली परिचालन गरी सो क्षेत्रमा लगाइएको गाँजा फाँडेर जलाइ नष्ट गरिएको आचार्यको भनाइ छ ।

जिल्लाको उत्तरी भेगमा रहेका राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा गाँजाखेती गरिएको भन्ने सूचनाका आधारमा हेटौँडाबाट समेत प्रहरी टोली मगाइ गाँजा नष्ट गरिएको चितवन प्रहरीले जनाएको छ । गाँजा फाँड्नका लागि जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय रत्ननगर र खैरहनी तथा भण्डारा र हेटौँडाबाट समेत प्रहरी टोली खटाइएको थियो ।

प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं १२ स्थित बाख्राङ गाउँस्थित दुई बिगाहा १० कट्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

यस्तै सोही नगरपालिकाको वडा नं १३ कालिटारमा तीन बिगाहा १० कट्ठा, वडा नं १२ स्थित यौरालीटार र धानबाङ गाउँमा दुई बिगाहा १८ कट्ठामा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो क्षेत्रमा वर्षेनी गाँजा खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...