आजबाट खुल्यो प्रिमियर इन्स्योरेन्सको एफपीओ, हेर्नुहोस् कहाँबाट दिने आवेदन ?



हाम्रो इकोनोमि

प्रिमियर इन्स्योरेन्स कम्पनी (Premier Insurance Co. Ltd.) ले आजबाट ६ लाख ५९ हजार ५६५ कित्ता फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर खरिदमा इच्छुक सर्वसाधारणले न्युनतम १० कित्ता अर्थात ७ हजार ९सय ९० रुपैयाँ देखि अधिकतम ३२९० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा पुस १६ गतेदेखि छिटोमा पुस १९ गते र ढिलोमा माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ । एफपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ ।

कहाँ-कहाँबाट भर्न पाइन्छ शेयर ?

एफपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, प्रिमियर इन्स्योरेन्स कम्पनी नारायाणचौर नक्साल काठमाडौं र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय सस्थाबाट र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...