प्रचण्डलाई माया गरेर कांग्रेसले ५ बर्षे प्रधानमन्त्रीको अफर नगरेको भन्दै ओलीले भने-हामीलाई एक्सिलेटर बटारेझैँ बटार्न खोज्ने आफै पछारिन्छन



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको भन्दै त्यो कुनै पनि हालतमा सफल नहुने बताएका छन् ।
शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुन भनि आएको अफर वाम गठबन्धनलाई टुटाउनको लागि मात्रै भएको बताए ।
‘बाम गठबन्धनको बहुमत रहेको छ । विकास गर्ने संकल्प गरेको छ । तर, गठबन्धनलाई तोड्न थुपै प्रयास भएका छन्’, कांग्रेसतर्फ इंगित गर्दै ओलीले भने, ‘ त्यो काम लाग्दैनन् । हामीले राष्ट्र निर्माणमा हाम्रो दायित्व, हाम्रो काँधमा अभिभारा, जनताले सुम्पेको जिम्मेवारी अगाडि र चुनौति देखेका छौं ।’
उनले अगाडि भने, ‘हामी बटारिएर गजबको बाटो हिँड्दैनौं , कतिपयले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुनु भनेका छन्। उहाँलाई मायाँ गरेर यसो भनेका होइनन् । तिनीहरुले देश बनाउन खोजेका होइनन् । देश बिथोल्न खोजेका हुन् । यो बिथोल्न सम्भव छैन । हामी थुप्रै अनुभवसहित आएका छौं । जनताले हैसियत दिएका छन् ।’
कसैको प्रलोभनमा कोहि पनि नपर्ने भन्दै ओलीले गलत बाटो समाउने कुरा असम्भव रहेको बताए । यस्तै विकास, स्थीरता र समृद्धिका लागि वाम सरकार अनुकूल हुने पनि स्पष्ट पारे ।
२ नम्बर प्रदेशबाहेक सबैमा वाम सरकार बन्ने भन्दै ओलीले स्थानीय तहमा पनि २० हजार बढी प्रतिनिधि वामपन्थी रहेकाले विकासले फड्को मार्ने दाबी गरे ।
वाम गठबन्धनले सबैसँग मिलेर अघि बढ्न चाहेको भन्दै ओलीले भने, ‘ एक्काइसौं सताब्दी हो कसैको सहारा लिएर हिँड्दैनौं । लोकतान्त्रिक पार्टी भएकाले कानुनी राज्य, सुशासन र भ्रष्टचार नियन्त्रण प्रमुख प्राथमिकता हो ।’
कांग्रेसले लोकतन्त्रको कुरा गर्दै हिँडेपनि व्यवहारमा त्यस्तो नदेखिएको आरोप समेत ओलीले लगाए । ओलीले तत्काल माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुन नसकेपनि वाम सरकार बन्ने समेत सो क्रममा बताए ।

यस्तै प्रचण्डले शान्ति, सुशासन र सम्वृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरी पनि दुर्घटनामा पर्न सक्ने खतरा औंल्याए ।
उनले ऐतिहासिक चुनौति र अवसर दुवै वामगठबन्धनको सरकारका अगाडि रहेको भन्दै सम्वृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साच्चै १० बर्षमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने उल्लेख गरे ।
राजनीतिक स्थायीत्व, आर्थिक सम्वृद्धि र पारदर्शीता कायम गर्नमा नै आफूहरुको सम्पुर्ण चिन्तन केन्द्रित भएको भन्दै उनले चुनौति र अवसर दुवैलाई वामगठबन्धनको सरकारले सामना गर्नुपर्ने बताए ।
यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटन विकास र ऊर्जाविकासमार्फत देशको समृद्धि सम्भव रहेको बताए । अब राजनीतिक प्रयोगमा लड्ने भन्दा पनि संविधानले दिएको म्याण्डेटअनुसार अघि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...