महाराजगञ्जस्थित स्कुलभित्रै १० कक्षामा पढ्ने छात्राको छतमा लगेर बलात्कार, राजधानीका स्कुलमा छात्रा असुरक्षित



हाम्रो इकोनोमि

महाराजगञ्जस्थित स्कुलभित्रै एक बिद्यार्थी बलात्कारमा परेकी छिन्। स्कुलकै कर्मचारीले छात्राको बलात्कार गरेका हुन्। घटना एक महिनाअघिको भएपनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अभियुक्त सुजन श्रेष्ठलाई पक्राउ गरी कारबाही अघि बढाएको हो। वृत्तका डिएसपी योगेन्द्रसिंह थापाका अनुसार स्कुलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएका छिन्। १० कक्षामा पढ्ने ती छात्रा स्कुलकै होस्टेलमा बस्दथिन्। साँझको समयमा छतमा लगेर आफुमाथि बलात्कार गरेको उजुरीमा छ। बहाना बनाएर छतमा बोलाएको र बलात्कारगरेपछि कसैलाई नभन्न धम्की दिएको पीडितको उजुरीमा उल्लेख छ।

अभियुक्त श्रेष्ठ सोही स्कुलको ब्याईज होस्टलमा कार्यरत थिए। सुरुमा घटना गोप्य राखिएकोमा परिवारले थाहा पाएपछि गत आइतबार प्रहरीमा उजुरी दिएका हुन्। अभियुक्त सोही स्कुलको यातायात शाखामा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।पीडितको गोपनियताका लागि प्रहरीले स्कुलको नाम समेत गोप्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...