भगवती चौधरीलाई धाधली गरेर हराएको भन्दै सर्वोच्चले छलफल गर्न विजय गच्छदारलाई बोलायो



हाम्रो इकोनोमि

सर्वोच्च अदालतले मतगणनामा धाँधली भएको भन्ने उजुरीमा छलफल गर्न नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारलाई बोलाएको छ।

नेकपा एमालेकी नेतृ भगवती चौधरीले हालेको रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले गच्छादार लगायत निर्वाचन आयोग र अन्यलाई छलफलमा बोलाएको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ जना न्यायाधीशको संवैधानिक इजलाशले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो।

सर्वोच्चले निर्वाचनमा धाँधली भएको भनी परेको निवेदनमा कारणसहित लिखित जावफ पेश गर्न सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

नेपाली कांग्रेसका नेता गच्छादारले मतगणनामा धाँधली गरेको भन्दै चौधरीले मंगलबार सर्वोच्चमा उजुरी दर्ता गराएकी थिइन्। मंसिर २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गरेकी छन्।

सर्वोच्चको संवैधानिक इजलासमा दर्ता गराइएको निवेदनमा नेतृ चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी छिन्। चौधरीको निवेदनमा मतपत्रका सक्कली मुचुल्काहरु मतगणना स्थलभन्दा बाहिर झाडीमा भेटिएको दाबी गरिएको छ।

चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको थियो।

सुनसरी ३ को अन्तिम परिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए भने नेतृ चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...