ओली सरकारमा मन्त्री बन्न राजेन्द्र महतोले उपेन्द्र यादवलाई यसरी हान्दैछन् छिर्के,प्रचण्डलाई भगवान मान्न राजपाका को-को नेता कता फर्के



हाम्रो इकोनोमि

पछिल्लो समय राजपा नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने रटान छाडेका छैनन् । हरेक कार्यक्रममा उनले प्रदेश नम्बर २ मा मधेसी दलको सरकार बन्ने बताउँदै उनले संघीय समाजवादी फोरमको तारिफ गर्ने गरेका छन् । यदि राजपा र फोरमबीच सहकार्य भएमा प्रदेश नम्बर २ मा मुख्यमन्त्री संघीय समाजवादी फोरमले पाउने छ ।

तर, महतोको भित्री उद्देश्य भनेको वामपन्थी नेतृत्वको सरकारमा सहभागी हुने रहेको बताइएको छ । त्यसका लागि उनले एमालेका प्रायः सबै नेताहरूसँग छलफल गरिसकेका छन् । यदि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए भने महतो सो सरकारको मन्त्री हुने निश्चित छ, भएको मिडिया एनपीले लेखेको छ ।

चुनावको परिणाम आएलगत्तै ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम सहभागी हुने निश्चित भइसकेको थियो । त्यसबेलासम्म अरु पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा ओली र यादवबीच कुनै समझदारी भएको थिएन । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओली उपेन्द्र यादवलाई लिएर सरकार बनाउने तयारीमा लागेको’ भन्ने रहस्य खोलिदिएपछि अहिले स्थिति फरक देखिएको छ ।

ओली प्रधानमन्त्री भएमा सो सरकारमा सहभागी हुन राजेन्द्र महतोले नयाँ सूत्र फेला पारेका छन् । स्रोतका अनुसार संविधान संशोधन गर्ने सर्तमा राजपा सरकारमा सहभागी हुनेछ । तर, राजपाका अधिकांश नेता ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने पक्षमा देखिएकाले राजेन्द्र महतो सकसमा परेका छन् । सोही कारण महतोले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने भन्ने रटान लाउन नछोडेको राजपाका एक केन्द्रीय सदस्यले बताए ।

ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास देशभित्र र बाहिरबाट भइरहेको सन्दर्भमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अझै प्रस्ट भइसकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ‘राष्ट्रिय सभा अध्यादेश २०७४’ प्रमाणीकरण गरेकाले अब नयाँ सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...