ओलीले भने-‘दुईवटा चुनाव चिन्हका कारण मत बदर हुँदा कांग्रेस बराबरीमा आयो,वामपन्थीको यो विजय सन्तोषजनक होइन’



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको विजयी यात्राको सुरुवात भएको बताएका छन्। शुक्रबार सहिद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको निर्वाचनमा भएको विजय सन्तोषजनक नभएको भन्दै यसलाई विजयको सुरुवात भएकोे जिकिर गरे।

उनले वामपन्थीहरुले जित्न अझै धेरैकुरा बाँकी रहेको बताए।
अध्यक्ष ओलीले अहिले नेपालको कम्युनिस्ट आन्दोलन हरेक हिसावले उत्कर्षमा पुगेको दावी गरेका छन्। स्थानीय तह, प्रदेससभा, र प्रतिनिधिसभामा समेत वामपन्थी स्पष्ट बहुमतमा रहेको भन्दै उनले अब वामपन्थीको बहुमतको सरकार बन्ने र देश र जनताका पक्षमा काम गर्ने बताए।

समानुपातिकतर्फ एमाले र कांग्रेसको हाराहारी मत आएको कुराको खण्डन समेत गरे। ‘हामीले झण्डै ४० लाखको हाराहारिमा भोट ल्याएका छौँ’, उनले भने, ‘दुई वटा चुनाव चिन्ह हुँदा हाम्रा थुप्रै भोट बदर भएका कारण कांग्रेस हाराहारीमा देखिएको हो।’ अध्यक्ष ओलीले आफूहरु सवै क्षेत्रमा अन्य दलभन्दा अगाडि रहेको बताए।
अहिले पनि जनतालाई अल्मल्याउने शक्ति क्रियाशील रहेको भन्दै उनले तिनीहरुबाट जनतालाई मुक्त गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...