‘लागुऔषध नियन्त्रणका लगि सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने’



हाम्रो इकोनोमि

लागुऔषध ओसारपसार र प्रयोग रोक्न सञ्चारमाध्यमले आफ्नो भूमिका बढाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको ‘लागुऔषध नियन्त्रणसम्बन्धी पत्रकासँग अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनीहरुले लागुऔषध दुव्यसनीको संख्या बढ्नुले समाजमा विभिन्न खालका समस्या निम्ताउँदै गएकाले यसको समाधानका लागि नागरिक समाज, सञ्चारकर्मी र सुरक्षा निकाय गम्भीर हुनुपर्ने सुझाव दिए ।

सो अवसरमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समाज खराब दिशामा जानु सबैका लागि घातक हुने भन्दै त्यसलाई रोक्न सञ्चारकर्मीले आफ्नो भूमिका बढाउन आवश्यक रहेको छ भन्नुभयो ।

मुलुक संघीय संरचनामा गएको अवस्थामा लागुऔषधको प्रयोग र आसारपसार रोक्न छुट्टै नीति बनाउन आवश्यक रहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्रालयका सहसचिव केदार न्यौपानले नेपालमा वर्षेनी ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको तथ्यांक प्रस्तुत गर्दै लागुऔषधसम्बन्धी नियन्त्रण ऐन २०३३ धेरै पुरानो भएकाले त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

लागुऔषधसम्बन्धी सही सूचनाको सम्प्रेषण, समस्याको समाधानका लागि पहल, नीति निर्माण र सरकारलाई पृष्ठपोषकको रुपमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिलाई दुरुपयोग गरी लागुऔषधको रुपमा प्रयोग गर्ने परिपाटीको विकास हुँदै गएकाले यसलाई रोक्न सबै गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक ठूले राई सुरक्षा निकायबाट मात्रै लागुऔषधको समस्या समाधान गर्न नसकिने भएकाले यसमा समाजका सबै पक्षको सक्रिय सहयोग आवश्यक पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले लागुऔषध नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्नु सञ्चारकर्मीको पनि दायित्व भएकाले यसमा महासंघ सहयोगका लागि तयार रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...