‘लागुऔषध नियन्त्रणका लगि सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने’



हाम्रो इकोनोमि

लागुऔषध ओसारपसार र प्रयोग रोक्न सञ्चारमाध्यमले आफ्नो भूमिका बढाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको ‘लागुऔषध नियन्त्रणसम्बन्धी पत्रकासँग अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनीहरुले लागुऔषध दुव्यसनीको संख्या बढ्नुले समाजमा विभिन्न खालका समस्या निम्ताउँदै गएकाले यसको समाधानका लागि नागरिक समाज, सञ्चारकर्मी र सुरक्षा निकाय गम्भीर हुनुपर्ने सुझाव दिए ।

सो अवसरमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समाज खराब दिशामा जानु सबैका लागि घातक हुने भन्दै त्यसलाई रोक्न सञ्चारकर्मीले आफ्नो भूमिका बढाउन आवश्यक रहेको छ भन्नुभयो ।

मुलुक संघीय संरचनामा गएको अवस्थामा लागुऔषधको प्रयोग र आसारपसार रोक्न छुट्टै नीति बनाउन आवश्यक रहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्रालयका सहसचिव केदार न्यौपानले नेपालमा वर्षेनी ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको तथ्यांक प्रस्तुत गर्दै लागुऔषधसम्बन्धी नियन्त्रण ऐन २०३३ धेरै पुरानो भएकाले त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

लागुऔषधसम्बन्धी सही सूचनाको सम्प्रेषण, समस्याको समाधानका लागि पहल, नीति निर्माण र सरकारलाई पृष्ठपोषकको रुपमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिलाई दुरुपयोग गरी लागुऔषधको रुपमा प्रयोग गर्ने परिपाटीको विकास हुँदै गएकाले यसलाई रोक्न सबै गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक ठूले राई सुरक्षा निकायबाट मात्रै लागुऔषधको समस्या समाधान गर्न नसकिने भएकाले यसमा समाजका सबै पक्षको सक्रिय सहयोग आवश्यक पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले लागुऔषध नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्नु सञ्चारकर्मीको पनि दायित्व भएकाले यसमा महासंघ सहयोगका लागि तयार रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...