प्रधानमन्त्री बन्ने निश्चित भए संगै ओलीलाई सुरक्षा बढाइयो,ओलीको सुरक्षामा को खटिए



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ। प्रहरी प्रधान कार्यालयले उनको सुरक्षाका लागि बुधबारदेखि डिएसपी खटाएको छ।

यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए। बुधबारदेखि डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ।

देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा ओलीको सुरक्षादस्ता बढाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए। ‘सुरक्षा थ्रेटकै बिश्लेषण गरी डिएसपीलाई खटाएका हौं’ सुरक्षा सेवा निर्देशनालयका एक अधिकारीले भने,‘नयाँ परिस्थितीअनुसार अन्य नेताहरुको पनि सुरक्षा जोखिम बिश्लेषण भइरहेको छ।’

बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ। पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...