गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु : लालबाबु पण्डित



हाम्रो इकोनोमि

एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दाबी गरेका छन्।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गरेका थिए।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० वर्षमै कुशल विकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरूलाई स्वदेशमै काम दिएर विदेशबाट आएको रेमिट्यान्सले देश चलाउने कामको अन्त्य हुने बताए।

उनले २० वर्षमै नेपाललाई दातृ राष्ट्रको रूपमा समेत विकास गर्न सकिने दाबी गरे। उनले राष्ट्रिय सभाको विधेयक एक दुई दिनभित्र नै राष्ट्रपतिद्वारा सहमतिका आधारमा वा संशोधनबाट पारित हुने जानकारी दिँदै राष्ट्रपतिलाई विवादमा तान्ने काम गलत भएको बताए।

प्रदेशको राजधानीका विषयमा वृहत छलफल भइरहेका कारण प्रदेश राजधानी प्रदेश सभाले जनताको भावना अनुसार नै तोकिने जानकारी दिँदै उनले प्रदेश राजधानी बनाउनुभन्दा पहिला व्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलिका पिढीले अनुभूत गर्ने बताए।

वामगठबन्धनको एकीकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँट पश्चात पार्टी एकीकरण हुने भन्दै उनले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...