अध्यादेश बारे राष्ट्रपति कार्यालयमा छलफल, राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार



राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश आजै जारी गर्नेरनगर्नेबारे राष्ट्रपति कार्यालयमा अहिले छलफल जारी छ।

अध्यादेशका विषयमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेकी थिइन्।

सरकारले दुई महिनाअघि एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत् राष्ट्रिय सभाको चुनाव गर्ने गरी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो।

पछिल्लो समय एमालेले राष्ट्रिय सभाको चुनाव एकल संक्रमणीय आधारमा नभई बहुमतीय आधारमा हुनुपर्ने बताउँदै आएको थियो। मन्त्रिपरिषद्ले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्ने संवैधानिक अधिकार नभएकाले तत्काल अध्यादेश जारी हुनु पर्ने सरकारको अडान पछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् ।

मंसिर १० र २१ गतेको चुनावबाट राष्ट्रिय पार्टी बनेका ५ दलमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम सुरुदेखि नै एकल संक्रमणीय आधारमा चुनाव हुनु पर्ने पक्षमा थिए। पछिल्लो समय माओवादी केन्द्र पनि एकल संक्रमणीय प्रणालीका पक्षमा उभिएको थियो।

अन्य सबै दल एकल संक्रमणीयका पक्षमा उभिएपछि एमाले पनि यही कारण राजनीतिक गतिरोध लम्ब्याउन नहुने निष्कर्षमा पुगेको छ।

दलहरुबीच सहमति नभएको भन्दै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको थिएन।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी