अध्यादेश बारे राष्ट्रपति कार्यालयमा छलफल, राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार



हाम्रो इकोनोमि

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश आजै जारी गर्नेरनगर्नेबारे राष्ट्रपति कार्यालयमा अहिले छलफल जारी छ।

अध्यादेशका विषयमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेकी थिइन्।

सरकारले दुई महिनाअघि एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत् राष्ट्रिय सभाको चुनाव गर्ने गरी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो।

पछिल्लो समय एमालेले राष्ट्रिय सभाको चुनाव एकल संक्रमणीय आधारमा नभई बहुमतीय आधारमा हुनुपर्ने बताउँदै आएको थियो। मन्त्रिपरिषद्ले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्ने संवैधानिक अधिकार नभएकाले तत्काल अध्यादेश जारी हुनु पर्ने सरकारको अडान पछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् ।

मंसिर १० र २१ गतेको चुनावबाट राष्ट्रिय पार्टी बनेका ५ दलमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम सुरुदेखि नै एकल संक्रमणीय आधारमा चुनाव हुनु पर्ने पक्षमा थिए। पछिल्लो समय माओवादी केन्द्र पनि एकल संक्रमणीय प्रणालीका पक्षमा उभिएको थियो।

अन्य सबै दल एकल संक्रमणीयका पक्षमा उभिएपछि एमाले पनि यही कारण राजनीतिक गतिरोध लम्ब्याउन नहुने निष्कर्षमा पुगेको छ।

दलहरुबीच सहमति नभएको भन्दै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको थिएन।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...