एमालेले छान्यो ७५ जना समानुपातिक प्रदेशसभा सदस्य, (सूचीसहित)



हाम्रो इकोनोमि

नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।

प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् ।

एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ ।

प्रदेशसभा सदस्यको नामावली यसप्रकार छन् 
प्रदेश नं १

विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जबेगु, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर (विश्वकर्मा), वसन्तीदेवी यादव र गुलेफुन मियाँ हुनुहुन्छ ।

प्रदेश नं २

त्यसैगरी प्रदेश नं २ मा सीता गुरुङ, रवीन्द्र बैठा धोवी, डा मनोजकुमार सिंह, जकतारैन देवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव र हसिमा खातुन हुनुहुन्छ ।

प्रदेश नं ३

प्रदेश नं ३ मा बेलिमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ (वान्तवा), इन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली (नेपाल), पार्वती सिलवाल र मैना अछामी सार्की हुनुहुन्छ ।

प्रदेश नं ४

प्रदेश नं ४ मा चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ सुवेदी, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, लक्ष्मी सुनार र जुनादेवी नेपाली हुनुहुन्छ ।

प्रदेश नं ५

प्रदेश नं ५ मा रमा घर्ती, थानकुमारी थापा चापागाईं, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपा भुसाल, भगवतीदेवी भण्डारी कृष्णी थारु, धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिताकुमारी ठठेर, चिन्तावती कुर्मी र फौजिया नसिम हुनुुहुन्छ ।

प्रदेश नं ६

त्यसैगरी प्रदेश नं ६ मा मीनासिंह रखाल, बदमी क्वारी बोहोरा, पद्मा खड्का, देवी ओली, कौशिलावती खत्री र राजु नेपाली हुनुहुन्छ ।

प्रदेश नं ७

प्रदेश नं ७ मा माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज र दुर्गा विक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...