केपी ओलीको घरमा हिटर ताप्दै सरकार निर्माण र समानुपातिक सांसदको नाम छान्ने काम यसरी भयो सुरु,को-को हुने भए सांसद



हाम्रो इकोनोमि

राष्ट्रिय सभा बिधेयकसम्बन्धि विवादले नयाँ सरकार गठन अवरुद्ध भइरहेका बेला नेकपा(एमाले)ले स्थायी कमिटि बैठक बोलाएको छ। बिहिबार दिउसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको छ। एमाले स्थायी समितिको महत्वपूर्ण ९३औं बैठक शुरू भएको हो।

बैठकमा प्रदेशसभाका समानुपातिक सांसद चयनको बारेमा समेत छलफल हुने एक नेताले बताए। त्यस्तै माओवादी केन्द्रसँगको पार्टी एकीकरण, नयाँ सरकार गठन लगायतका एजेण्डाहरु छन्।
पार्टी एकता र नयाँ सरकार गठनबारे ओलीले बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। प्रचण्डसँग छलफल भएलगत्तै पार्टीको रणनीति तय गर्न उनले बैठक बोलाएका हुन्।

एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँलाई समानूपातिकबाट सांसद बनाउँदैछ।

एमालेले ३९ जना महिलालाई समानूपातिकबाट सांसद बनाउँदैछ। एमालेबाट खस आर्य महिलामा राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी,मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन्।

महिला सांसदको नाम छनोट गर्दा खस आर्य, मधेसी, जनजाति, दलित, थारुको जनसंख्याका आधारमा नाम छनोट गरी पठाउन लागिएको एमाले स्रोतले बताएको छ।

जनजाति महिलाबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ। एमालेले थममाया थापा मगर, डा। शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन्।

सुजिता एमाले नेता शंकर पोखलेर र तुल्सी थापा एमाले नेता वामदेव गौतमकी श्रीमती हुन्। विद्यार्थी नेतृहरु झाँक्री र नबीना पहिलोपटक सांसद बन्न लागेका हुन्।

यस्तै थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन्। विघठित संसदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट सांसद बनेकी गंगाको नाम नयाँ शक्ति पार्टीबाट पनि समानुपातिकमा थियो।

तर, उनले अन्तिम समयमा नयाँ शक्तिबाट नाम कटाएर एमालेको सूचीमा नाम राखेकी थिइन। एमालेमा प्रवेश गरेको छोटो अवधिमै सांसद बन्न पाउने गंगालाई ‘भाग्यमानी’ मानिएको छ।

यस्तै एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने भएको छ। तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक पनि एमालेबाट सांसद बन्ने मौका पाउँदैछन।
मधेसी महिलाबाट जुलीकुमारी महतो, डा. पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्दैछिन्। जुली एमाले पोलिटब्यूरो सदस्य एवं धनुषा ४ बाट निर्वाचित रघुवीर महासेठकी श्रीमती हुन्।
मुस्लिम महिलाबाट दुई महिला सांसद बन्ने भएका छन्। एमाले स्रोतका अनुसार कालिला खान र समिना हुसेन पनि सांसद बन्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...