मुख्य सचिबलाई आधा दर्जन मन्त्रीले कठालो समात्न खोजे पछी मन्त्रिपरिषद बैठकमा यसरी भयो बबाल,ओलीको उर्दी पछी मन्त्रीलाई सचिबको यस्तो लोप्पा



बिहिवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु र मुख्य सचिवबीच चर्काचर्की भएको छ।

नियमित मन्त्रिपरिषद्को बैठकको सुरुमै सहभागी मन्त्रीहरुले आफ्नो विभागीय मन्त्रालयका सचिवहरुले असहयोग गरेको विषय उठाएका थिए। निर्वाचनको परिणामपछि मन्त्रालयमा सचिवहरुले असहयोग गरेको भन्दै मन्त्रीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीप्रति आक्रमक व्यवहार गरेका थिए।

वर्तमान सरकार कामचलाउ मात्र भएकाले मन्त्रीहरुको निर्देशन मान्न छाडेका छन् र मान्नुपर्ने अवस्था आयो भने छल्नका लागि विदामा बस्न थालेको आरोप मन्त्रीहरुको थियो।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्यसचिव रेग्मीलाई भेटी गोरखापत्र र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिबारे प्रश्न उठाउँदै कामचलाउ सरकारका निर्देशन र नियुक्ती नमान्न भनेको सार्वजनिक भएको थियो। नयाँ सरकार बनिनसक्दै नै सचिवहरु ओलीको आदेशानुसार काम गर्न थालेको आरोप लगाउँदै मन्त्रीहरु मुख्यसचिवमाथि खनिएका हुन्।

रेग्मीमाथि उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शहरी विकास मन्त्री दिलनाथ गिरी, सिंचाइ मन्त्री सञ्यकुमार गौतम, कृषि मन्त्री रामकृष्ण यादवलगायतले आक्रोश पोखेका थिए।

‘आज मन्त्रिपरिषद्मा हंगामा भएकै हो, सचिवहरुले मन्त्रीलाई नटेरेकाले यस्तो भयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने। सचिवहरुले मनलागी गर्न थालेको भन्दै मन्त्रीहरुले मुख्यसचिवलाई स्पष्टीकरण सोधेको ती मन्त्रीले जानकारी दिए।
‘मन्त्रालयका सचिवहरुले वर्तमान सरकारको काममा असहयोग गरेकाले स्पष्टिकरण सोधिएको हो, ’ उनले भने, ‘उहाँले स्पष्टीकरण पनि दिनुभएको छ।’

उनका अनुसार मुख्य सचिव रेग्मीले आफूमाथि दोष नथुपार्न मन्त्रीहरुलाई अनुरोध गर्दै सरकारलाई असहयोग गर्ने सचिवलाई हटाउन सिफारिस भए आफू तयार रहेको समेत बताएका थिए।

मन्त्रिपरिषद्मा बैठकको सुरुमै मुख्यसचिवमाथि मन्त्रीहरु खनिन थालेपछि आजको बैठक स्वास्थ्य सचिवमा डा‍. पुष्पा चौधरीलाई नियुक्त गर्दै सम्पन्न भएको थियो। त्यसैगरी मन्त्रिपरिषद्ले रानीपोखरी पुनर्निमाणका लागि विशेषज्ञ समिति बनाउन निर्देशन दिनुका साथै मृगौला फेल भएकाहरुलाई प्रति महिना पाँच हजार उपलब्ध गराउने निर्णय गरेको

प्रतिक्रिया दिनुहोस
पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना

    काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला

विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

     काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका