प्रचण्ड पछी ओलीले पनि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दिए यस्तो संकेत,सरकार गठनको कामले यसरी पाउने भयो तिब्रता



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय सभा गठनसम्वन्धि सरकारले अघि सारेको अध्यादेश जारी गर्ने मनस्थितीमा पुगेकी छिन् । दलहरुबीच बिवाद देखिएकाले रोकेर राखेको अध्यादेश दलीय सहमतिको ‘ग्रीनसिग्नल’ पाउनेबित्तिकै जारी गर्ने राष्ट्रपति कार्यालय श्रोतले जानकारी दिएको छ । यस विषयमा राष्ट्रपतिले लगातार परामर्श गरिरहेकी छन् । बिहीबार विहानमात्रै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यादेशकै विषयमा दोश्रो पटक छलफल गरिन् । उनले आजै एमाले अध्यक्ष ओली संग पनि छलफल गरिन।एमालेको स्थायी समिति बैठक राखेर ओलीले अध्यादेश पास गर्न पहल गर्ने जानकारी दिए संगै सरकार गठनको गाँठो फुक्ने भएको छ ।

अध्यादेश जारी नभएसम्म राष्ट्रिसभा चुनावको बाटो नखुल्ने र चुनाव नभएसम्म प्रतिनिधिसभाको पूर्ण परिणाम आएर सरकार गठनसमेत नहुने देखिएपछि एमाले-माओवादी अध्यादेश पारित गर्ने विषयमा लचिलो देखिएका छन् ।

एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार यस विषयमा पनि छलफल भएको थियो । प्रचण्डले बुधबार ओलीसँगको छलफलको निस्कर्ष सुनाउदै सरकार गठनको बाटो छिटो खोल्न पनि राष्ट्रपतिसमक्ष आग्रह गरेको श्रोतको दावी छ । संसदमा पेश गरेको बहुमतीय प्रणालीलाई छोडेर सरकारले राष्ट्रपति समक्षएकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा गठन गर्ने गरि अध्यादेश पेश गरेपछि सत्तारुढ र विपक्षी दलबीच विवाद चर्कदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...