प्रचण्ड पछी ओलीले पनि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दिए यस्तो संकेत,सरकार गठनको कामले यसरी पाउने भयो तिब्रता



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय सभा गठनसम्वन्धि सरकारले अघि सारेको अध्यादेश जारी गर्ने मनस्थितीमा पुगेकी छिन् । दलहरुबीच बिवाद देखिएकाले रोकेर राखेको अध्यादेश दलीय सहमतिको ‘ग्रीनसिग्नल’ पाउनेबित्तिकै जारी गर्ने राष्ट्रपति कार्यालय श्रोतले जानकारी दिएको छ । यस विषयमा राष्ट्रपतिले लगातार परामर्श गरिरहेकी छन् । बिहीबार विहानमात्रै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यादेशकै विषयमा दोश्रो पटक छलफल गरिन् । उनले आजै एमाले अध्यक्ष ओली संग पनि छलफल गरिन।एमालेको स्थायी समिति बैठक राखेर ओलीले अध्यादेश पास गर्न पहल गर्ने जानकारी दिए संगै सरकार गठनको गाँठो फुक्ने भएको छ ।

अध्यादेश जारी नभएसम्म राष्ट्रिसभा चुनावको बाटो नखुल्ने र चुनाव नभएसम्म प्रतिनिधिसभाको पूर्ण परिणाम आएर सरकार गठनसमेत नहुने देखिएपछि एमाले-माओवादी अध्यादेश पारित गर्ने विषयमा लचिलो देखिएका छन् ।

एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार यस विषयमा पनि छलफल भएको थियो । प्रचण्डले बुधबार ओलीसँगको छलफलको निस्कर्ष सुनाउदै सरकार गठनको बाटो छिटो खोल्न पनि राष्ट्रपतिसमक्ष आग्रह गरेको श्रोतको दावी छ । संसदमा पेश गरेको बहुमतीय प्रणालीलाई छोडेर सरकारले राष्ट्रपति समक्षएकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा गठन गर्ने गरि अध्यादेश पेश गरेपछि सत्तारुढ र विपक्षी दलबीच विवाद चर्कदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...