माईती नेपालकी संचालक अनुराधा कोइरालाका भदालाई होटेल संचालकले यसरी गरे हत्या,यस्तो रहस्य बाहिरियो



हाम्रो इकोनोमि

माइती नेपालकी संचालक तथा बरिष्ठ समाजसेवी अनुराधा कोइरालाको भदा आदित्य गुरुङको कुटपिटबाट मृत्यु भएको छ।

अनुराधा कोइराला संचालक रहेको माइती नेपालको होस्टेल इन्चार्ज आदित्य गुरुङको गौशालास्थित पशुपति भिजन भित्र रहेको होटेल आमादव्लमका कर्मचारीसँगको बिबादपछि भएको कुटपिटका क्रममा उनको निधन भएको हो।

कुटपिटमा क्रममा गम्भिर घाइते भएका गुरुङको उपचारका लागि अस्पताल पुर्‍याइएपनि उनलाई त्यहाँ चिकित्सकहरुले मृत घोषित गरेका थिए। घाइते अवस्थामा केएमसी अस्पतालमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। होटलका कर्मचारीले मनिटरले प्रहार गर्दा घाइते भएका आदित्यलाइ तत्कालै के एम सी अस्पताल सिनामंगल लागिएको थियो ।

अनुराधा कोइरालाले भदा गुरुङ सहित ३ जना होटलमा आएर ९ वजे कोठा बुक गरेका थिए। बुक गररेका उनीहरु होटलबाट बाहिर गएर राती साँढे १२ बजे गौशालास्थित होटल आमादव्लममा नै आएका थिए।

राती आएका ३ जना मध्ये एकजना कोठामा सुती राती २ जना काउन्टरमा आएका थिए। उनीहरुले राती खानेकुरा र रक्सी अर्डर गरेका थिए। त्यहि क्रममा काउण्टरका कर्मचारीसँग विवाद बढ्ने क्रममा उनीहरुले कर्मचारीलाई हातपात गरेपछि झगडा बढेको होटल कर्मचारीले बताएका छन्।

होटलका सञ्चालकका अनुसार हातपात गर्नेक्रममा एक कर्मचारीलाई वेल्टले पिट्दै घचेट्दा फाउण्टेनमा टाउको ठोक्किएपछि कर्मचारी र गार्डले उनीहरु माथि जाइलागेका थिए।

कर्मचारीहरु प्रतिकारमा उत्रिएपछि गुरुङसँग रहेका अर्का १ जना भने त्यहाँबाट वाहिरिएका थिए। दोहोरो हानाहानका क्रममा एक कर्मचारीले डेस्कटपले गुरुङको टाउकोमा प्रहार गरेका थिए। टाउकोमा लगायत अन्य संवेदनशील स्थानमा चोट लागि गम्भिर घाइते भएका उनको अस्पतालमा मृत्यु भएको हाम्रा कुराले उल्लेख गरेको छ।

घटनापछि गौशालास्थित पशुपति भिजन कम्प्लेक्स वरपरको सुरक्षा व्यबस्था कडा पारिएको छ। कुटपिटमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिले होटल सञ्चालकहरु माइती नेपालका सञ्चालक अनुराधा कोइरालासँग छलफलमा गएका छन्। भारत घर भएका गुरुङ केहि समयदेखि माइती नेपालमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...