होटलका कर्मचारीको कुटपिटबाट एक ग्राहकको मृत्यु, घटनामा संलग्न ५ जना पक्राउ



हाम्रो इकोनोमि

काठमाडौंको गौशाला पशुपति भिजनस्थित अमादब्लम होटलका कर्मचारीको कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार सिक्किमका भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।

उनका अनुसार बुधबार साँझ होटलमा बस्न आएका गुरुङ र होटलका कर्मचारीबीच विवाद भएको थियो । बाहिरबाट मदिरा सेवन गरी होटलमा सुत्न पुगेका गुरुङले थप मदिरा मागेको र होटलका कर्मचारीले नदिएपछि विवाद बढ्दै गएको प्रहरीले जनाएको छ ।

होटलका कर्मचारी तथा सुरक्षा गार्डको कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको केएमसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न ५ होटलका कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाएको एसएसपी धानुकले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...