आज यसरी हुदैछ नेकपा एमाले र माओवदी केन्द्रबीच पार्टी एकिकरण, कसको भागमा के के सहमती हुँदैछ



पार्टी एकता र अब बन्ने सरकारका विषयमा एमाले र माओवादीले आज औपचारीक छलफल गर्दैछन् । हिजो दुई दलका अध्यक्षबीच भएको छलफलका आधारमा आज बैठक बस्न लागेको हो । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल हुनेछ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो ओलीनिवास बालकोटमा छलफल भएको थियो । आज एकता संयोजन समितिको बैठक बस्नुअगाडि आज नै ओली र दाहालबीच थप छलफल हुनेछ ।

एकताको मोडालिटी 
पार्टीमा दुवै प्रमुखको हैसियतमा रहने गरी एकता गर्ने
ओलीले सरकारको नेतृत्व गर्दा दुवै अध्यक्ष रहने तर प्रचण्डले एकीकृत पार्टीको कार्यकारी भूमिका निर्वह गर्ने

तल्लो तहमा जनमतका आधारा एकता गर्ने

 

दुईदलबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो । दोस्रो तहका नेताबीच पनि पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ । पार्टी एकता गर्नुअघि नेताहरूको पदीय व्यवस्थापन सरकारमा भागबन्डालगायतका विषय टुंग्याउन बाँकी छ । ओलीलाई नै प्रधानमन्त्री बनाउन माओवादी सहमत छ ।

तर, पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व अलग–अलग व्यक्तिले गर्ने वा के गर्ने विषयमा भन्ने नेताहरू निष्कर्षमा पुगेका छैनन्। राष्ट्रपति, पार्टी अध्यक्ष सभामुख, मन्त्रालयको भागबन्डालगायत विषय नेताहरूले टुंगाउन बाँकी छ । एकता समितिमा समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी