प्रदेशसभातर्फका समानुपातिक सभासद् चयन गर्दै एमाले , हेर्नुहोस कुन प्रदेशबाट को कोे बन्दैछन



हाम्रो इकोनोमि

राष्ट्रिय राजनीतिमा देखिएको समस्या समधानका विषयमा निकास खोज्न नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह १ बजेपछि बैठक बोलाइएको छ ।

बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयनका विषयमा छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । नयाँ सरकार अघि नै एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याउने बताएका दुबै दलले त्यसको खाका समेत तयार गर्ने तयारी गरेका छन् ।

स्थायी कमिटि बैठकपछि सम्भव भए आजै नभए भोली एकता संयोजन समितिको बैठक बसेर एकताको प्रक्रिया अघि बढाउने बताइएको छ। त्यस्तै आजको बैठकले पार्टीले प्रदेशसभातर्फ प्राप्त गरेको समानुपातिक सिट संख्यामा रहने सदस्य टुङ्गो लगाई आयोगमा पठाउने सचिव ज्ञवालीले जानकारी दिनुभयो । प्रदेशसभातर्फ समानुपातिकको अन्तिम सूची पठाउन आयोगले दलहरुलाई भोलीसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...