राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, अध्यादेशबारे भयो छलफल



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड बिहान ९ बजे शितल निवास पुगेका हुन् ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।

कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले भने मध्यमार्गी विकल्पको खोजीमा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...