प्रचण्डको प्रस्ताब ओलीले ठाडै खारेज गरिदिए,प्रचण्डले बोकेका बादल अलपत्र,ओलीले बिद्यालाई यसरी दिदैछन् कार्यकालको अर्को सत्र



निर्वाचनका बेला पार्टी एकता हुने र अबको ५० वर्ष मुलुकमा कम्युनिष्ट सरकार बन्ने भन्दै जनतासँग मत मागेका एमाले–माओवादी सम्बन्ध निर्वाचन आयोगले अन्तिम नतिजा सार्वनजिक नगर्दैै चिसिन थालेको छ । खास गरी सरकार र पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा देखिएको विवाद भित्रभित्रै भुसको आगो जसरी फैलिँदै गएको छ ।

माओवादीले सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्ने भए पार्टीको नेतृत्व आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुपर्ने दाबी गरिरहेको छ । यस्तै सरकारको नेतृत्व पाँच वर्षमा आधाआधा गर्ने सहमति भएको दाबी माओवादीतर्फबाट सार्वजनिक भएको छ । एमाले भने सरकार, पार्टी, राष्ट्रपति, सभामुखजस्ता मुख्य पद आफैं लिएर माओवादीलाई केही मन्त्रालय दिने दाउमा छ । यही बीचमा केपी ओली र प्रचण्डबीच एउटा विषयमा खटपट भएको छ । त्यो हो भावी राष्ट्रपति को हुने भन्ने ।

ओली प्रचण्डलाई राष्ट्रपतिमा थान्को लगाएर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै बन्ने दाउमा रहेको खुलासा भएको छ । ओली आफैंले प्रचण्डलाई राष्ट्रपति प्रस्ताव गरेको बालकोट स्रोतले जनायो । तर, प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गरिदिए । यसअघि उनले भारतीय जनता पार्टीका नेता राम माधव र प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रधानमन्त्री प्रस्ताव अस्वीकार गरिसकेका थिए । प्रचण्डले आफू राष्ट्रपति बन्ने अवस्था नरहेको भन्दै नेता रामबहादुर थापा बादलको प्रस्ताव गरेको दाबी स्रोतको छ । ओलीले बादललाई राष्ट्रपति मान्न नसकिने बताएपछि दुई नेताबीच सम्बन्ध चिसिन थालेको हो ।

ओलीले राष्ट्रपतिमा बादल नभई हालकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई निरन्तरता दिनुपर्ने अडान राखेपछि प्रचण्ड चकित परेको बताइएको छ । ओलीले माओवादी केन्द्रबाट राष्ट्रपति बन्ने अवस्थामा प्रचण्डबाहेक अरु हुन नसक्ने अभिव्यक्ति एमालेभित्रका आफ्ना ििभत्रियारुलाई समेत बताइरहेका छन् । भण्डारीले सक्रिय राजनीति गर्ने समय बाँकी छँदाछँदै आफू राष्ट्रपति बनेको, पाँच वर्षका लागि नभई दुई वर्षका लागि मात्र राष्ट्रपति भएको जस्ता कारण देखाएर दोहोरिने चाहना राख्दै आएकी मात्र छ्रैनन्, पूर्वपार्टी एमालेभित्र तीव्र लविङसमेत गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ ।

अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग