नेप्सेमा दोहोरो अंकको गिरावट कायमै, २१ अंकले परिसुचक घट्दा झन्डै ७६ करोडको सेयर कारोवार !



हाम्रो इकोनोमि

बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका उपसूचकमा उत्पादनमुलक बाहेक सबै घटेका छन्। नेप्से सूचक २१.५३ अंकले घटेर १४२५.५१ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७२ अंकले घटेर ३००.१३ अंकमा ओर्लिएको छ।

उत्पादनमूलकबाहेक सबै उपसूचक घटेपछि समग्र नेप्से परिसूचक घटेको हो । उत्पादनमुलक ०.२६ प्रतिशत बढेको छ। बैंक १.४४, होटल ०.२७, विकास बैंक १.५१, जलबिद्युत १.२५, फाइनान्स ०.५९, बीमा १.८४, अन्य २.४२ र लघुवित्त १.३६ प्रतिशतले घटेका छन्।

बुधबार १५६ कम्पनीका १३ लाख ५६ हजार कित्ता शेयर ७५ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो। मंगलबारभन्दा कारोबार रकम २१ करोड रुपैयाले बढी हो। मंगलबार ५४ करोड रुपैयाँको कारोबार भएको थियो। मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी १० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ।

महुली सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन्। सिन्धु विकास बैंकक शेयर धनीले सबैभन्दा बढी करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...