नेप्सेमा दोहोरो अंकको गिरावट कायमै, २१ अंकले परिसुचक घट्दा झन्डै ७६ करोडको सेयर कारोवार !



हाम्रो इकोनोमि

बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका उपसूचकमा उत्पादनमुलक बाहेक सबै घटेका छन्। नेप्से सूचक २१.५३ अंकले घटेर १४२५.५१ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७२ अंकले घटेर ३००.१३ अंकमा ओर्लिएको छ।

उत्पादनमूलकबाहेक सबै उपसूचक घटेपछि समग्र नेप्से परिसूचक घटेको हो । उत्पादनमुलक ०.२६ प्रतिशत बढेको छ। बैंक १.४४, होटल ०.२७, विकास बैंक १.५१, जलबिद्युत १.२५, फाइनान्स ०.५९, बीमा १.८४, अन्य २.४२ र लघुवित्त १.३६ प्रतिशतले घटेका छन्।

बुधबार १५६ कम्पनीका १३ लाख ५६ हजार कित्ता शेयर ७५ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो। मंगलबारभन्दा कारोबार रकम २१ करोड रुपैयाले बढी हो। मंगलबार ५४ करोड रुपैयाँको कारोबार भएको थियो। मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी १० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ।

महुली सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन्। सिन्धु विकास बैंकक शेयर धनीले सबैभन्दा बढी करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...