ओली घरको कौशीमा घाम ताप्दै यसरी गफिए ओली र प्रचण्ड,ओली निवासबाट निस्किदा प्रचण्ड यसरी भए प्रफुल्ल



उच्च पदस्थ नेताहरुबीच ‘वन टु वन’ हुने कुराकानीको उद्देश्य नै गोप्यताका लागि हो। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै एक हप्तापछि यस्तै ‘वन टु वन’ कुराकानीमा सहभागी भए, बालकोटस्थित ओली निवासमा।

तर, गोप्यताका लागि गरिएको ‘वन टु वन’ कुराकानीका लागि चाहिँ दुबै नेताले गोप्य कोठा रोजेनन्, खुल्ला ठाउँ रोजे। दुबै नेता ओलीको घरको पहिलो तल्लाको कौसीमा गए, घाम तापेर चिया खाँदै झण्डै सभा घण्टा गफिए। ओली निवासबाट निस्कँदा पनि प्रचण्ड प्रसन्न मुद्रामा नै देखिए।

ओली निवासबाट निस्केका प्रचण्ड मात्र होइन, भेटपछि ओलीको सचिवालयले जारी गरेको तस्वीरमा पनि ओली र प्रचण्ड दुबै प्रसन्न मुद्रामा देखिन्छन्। खासमा प्रचण्डको ४ दिने चितवन बसाईंका कारण एमाले–माओवादी सम्बन्धमाथि जुन आशंका सिर्जना हुन पुगेको थियो, त्यो चिर्नका लागि मात्र आजको भेट भएको हो।

भेटपछि प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले मूलतः तीन विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको बताएका छन्। ती तीन विषय हुन्, पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश। उनले पनि छलफल सौहाद्र्व वातावरणमा छलफल भएको जानकारी दिएका छन्।

‘छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा उहाँहरु बीच कुराकानी भएको थियो’ तिमिल्सिनाले भनेका छन्, ‘निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको थियो।’

तिमिल्सिनाले भनेका छन्, ‘दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ। १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ।’

प्रतिक्रिया दिनुहोस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ ।

अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग