ओली र प्रचण्डको निर्णायक बार्ता सकियो,यस्तो-यस्तो भयो सहमती



हाम्रो इकोनोमि

बहुप्रतिक्षित र चासोको चरम बिन्दु बन्न पुगेको एमाले अध्यक्ष र माओवादी अध्यक्षबीचको छलफल एक हप्तापछि आज भएको छ । । गत शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी बाहिर गएपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन ।

विभिन्न आशंका बढिरहेका बेला आज माओवादी अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रचण्डसंगको भेटका लागि ओली प्रतिक्षारत थिए । स्रोतका अनुसार पार्टी एकता र सरकार गठनका विषयमा ठोस सहमति भएको छ । दुई नेताबीचको छलफलको निश्कर्षका बारेमा दुबै नेताले केही बताएका छन् । वार्ताका निर्णयलाई केही समय गोप्य राखिने र केही सामान्य कुरा मात्र बाहिर ल्याउन दुवै नेता राजी भएका हुन्।

वार्तामा सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको थियो। जस अनुसार एकताका लागि भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति दुई नेताले गरेका छन्।दिउसो १ बजेदेखि सुरु भएको दुई नेताबीचको वार्ता सभा २ बजे सकिएको हो।

ओली निवासबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष दाहालले पत्रकारलाई प्रतिक्रिया दिँदै भने, ‘विभिन्न विषयमा छलफल भयो। पार्टी एकतामा कुनै समस्या छैन।’दुई नेताबीच मंगलबार नै भेट हुने भनिए पनि आन्तरिक छलफलका लागि भन्दै अन्तिम समयमा स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...