नवराज सिलवालको सांसद पद एमालेकै कारण यसरी पर्दैछ धरापमा,बर्दियामा हारेका बामदेवलाई बैतरणी तार्न को-को हुदैछन शहिद



कुनै बेला नवराज सिलवाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सबैभन्दा प्रिय प्रहरी अधिकारी थिए । लाजिम्पाटमा पुगेर सुरक्षाको अवस्थाबारे मात्र होईन देशमा भइरहेको राजनितिक घटनाक्रमको समेत उनले प्रचण्डलाई अवगत गराउने हैसियत राख्थे । प्रचण्ड र सिलवालको सम्बन्ध सुमधुर छ भन्ने कुरा तत्कालिन अवस्थामा प्रचण्डको सचिवालयदेखि माओवादीका उच्च तहका सबै नेताहरु जानकार दिए ।

प्रचण्ड र तत्कालिन गृहमन्त्री शक्ति बहादुर बस्नेतसंग राम्रो सम्बन्ध भएकै कारण नवराजले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को प्रमुख बन्ने अवसर पाए । जवकी सिलवाललाई तत्कालिन प्रहरी प्रमुख कुनै पनि हालतमा त्यहा पठाउन चाहदैन थिए । सीआईबीमा रहेर नवराजले आफुलाई अब्बल अधिकृतका रुपमा उभ्याए । उनले दर्जनौ लोकप्रिय काम समेत गरेर सबैको मन जिते । त्यतिमात्र होईन रातो पासपोर्ट प्रकरणमा उनले प्रचण्डले भनेअनुसार काम गरे ।

तर,उनै प्रचण्ड प्रधानमन्त्री हुंदा भने प्रहरी महानिरीक्षकको नियुक्ती भने कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा प्रचण्डले डिआईजी जयबहादुर चन्दलाई गरे । सिलवाल प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध अदालतसम्म गए । त्यही अदालतले चन्दको नियुक्त खारेज गर्यो । सिलवालकै कारण आईजिपी बन्ने भाग्यमानी बने प्रकाश अर्याल ।

अदालतको आदेशपछि पनि सिलवाललाई आईजिपी बनाउने ठाउ थियो । तर,प्रचण्डले पुन उनको सट्टा रोजे प्रकाश अर्याललाई । अदालतको निर्णपछि माओवादीका एक जना प्रभावशाली नेता वर्षमान पुनले सिलवाललाई आईजिपी बनाउन प्रस्ताव गर्दा प्रचण्डले अस्विकार गरेको स्रोतको दाबी छ ।

प्रकाश अर्याल आईजिपी भएपछि उनले सिलवालमाथी अनेक जालझेल सुरु गरे । छानविन समिती गठन गरे र किर्ते प्रकरणमा दोषि भएको भन्दै उनलाई पक्राउ गरेर थुनामा राख्न समेत निर्देशन दिईयो । अदालतले सिलवाललाई थुन्न नपाईने आदेश दिएपछि त्यो हत्कण्डा समेत उनको असफल भयो ।

प्रहरी सेवाबाट राजिनामा दिएपछि सिलवालले एमाले प्रवेश गर्ने तयारी गर्दैछन् भन्ने समाचार समेत पहिलो पटक काठमाडौंपाटीमा प्रकाशित भयो । सिलवालले उक्त समाचारमा आपत्ति समेत जनाए । पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई एमालेमा प्रवेश गराए । एमालेसंगको उनको साईनो धेरै पुरानो होईन । तर,एमाले अध्यक्ष ओलीले सिलवालमाथी अन्याय भएको भन्दै सरकारको चर्को आलोचना गरेपछि उनि ओलीसंग नतमस्तक भए ।

रोचक के छ भने माओवादी केन्द्र र एमालेको संयुक्त सरकार हुंदा प्रधानमन्त्री थिए ओली । तीनै ओलीलाई प्रहरीमा नेतृत्वको लफडा हुन सक्ने सम्भावित खेललाई मध्यनजर गरेर सिलवाललाई वरियताका आधारमा एआईजी पदको सिर्जना गरेर बढुवा गरौ भन्दा ओलीले तत्कालिन अवस्थामा आलटाल गरेका थिए । आज तिनै वली नवराजमाथी अन्याय भएको भन्दै चर्को भाषण गरिरहेका छन् ।

फेरी अर्को सत्य कुरा के हो भने सिलवालले ओलीकै बलमा ललितपुरबाट टिकट पाएर चुनाव जितेका हुन । बहालवाला अर्थराज्यमन्त्री उदय शमशेर राणालाई चुनाव हराएर सांसद बनेका सिलवालमाथी अहिले पनि प्रहरीले दुखः दिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा,आईजीपी प्रकाश अर्यालदेखी मुख्यसचिव लोकदर्शन रेग्मीले समेत उनलाई किर्ते प्रकरणमा दोषी हो भनेर पुष्टी गराउन अनेकौ हर्कत गरिरहेका छन् ।

सिलवाललाई माओवादी केन्द्रका वरिष्ट नेता एंवम् प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल प्रमुख रहेको समयबद्ध साप्ताहिक पत्रिकाले त सिलवाललाई राजिनामा गर्न लगाएर उनको ठाउमा बर्दियाबाट चुनाव हारेका एमाले नेता बामदेव गौतमलाई चुनाव उठाउनुपर्ने समाचार प्रकाशित गरेको छ ।

सिलवाल प्रकरण प्रहरीको मनोबल बढाउने सर्वोच्चको आदेश शिर्षकमा उक्त पत्रिकाले लेखेको छ –सिलवाल कुनै पनि बहानामा प्रहरीको मनोबल घटाउने योजनामा छन् । यत्रो वर्ष काम गरेको संस्थाप्रति उनको कहि कतै सम्मान देखिदैन । त्यही भएर उनलाई कार्वाही हुनुपर्ने र त्यसो भएमा सिलवाल कारबाहीबाट बच्न नसक्ने बताउछन् ।

उक्त पत्रिकाले अघि लेखेको छ– त्यस अवस्थामा सिलवालको सांसद पद धरापमा पर्छ । किनकि उनीमाथि किर्ते फौजदारी प्रकरणमा कारबाही भयो भने उनी सांसद बन्न पाउने छैनन् । तर,यस प्रकरणमा ठुला–ठुला खेलहरु भइरहेको उक्त पत्रिकाको दाबी छ ।

पत्रिकाले एमालेभित्रै सिलवाललाई कारबाही भएमा सो स्थानमा एमाले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवार बनाउनुपर्ने आवाज उठ्न थालेपछि सिलवालको चाहना र योजना विवादमा परेको दाबी गरिएको छ ।

यता,कानुनविदहरु भने सिलवाललाई उक्त प्रकरणमा कुनै कार्वाही हुन नसक्ने बताउदै आएका छन् । वरिष्ट अधिवक्ता टिकाराम भट्टराईले पुर्वाग्रही तरिकाले प्रहरी सिलवामाथी अनुसन्धान गरेको भएपनि यो नियमसंगत नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा