च्याउखेती गर्न नमूना घर



हाम्रो इकोनोमि

बेलौरी नगरपालिकाका प्रत्येक वडामा नमूना घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ ।

नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी १० वटा वडामा च्याउ घर निर्माण गरिएका हुन् । किसानलाई च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजारका दरले अनुदान रकमसमेत वितरण गरिएको छ ।

अनुदान रकम परिचालन गरी किसानले च्याउ उत्पादनको कार्य थालेको कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । प्रत्येक च्याउ घरमा १०० देखि १५० पोका पराल च्याउ उत्पादनका लागि राखिएका छन् । दशवटै च्याउ घरमा ७०० किलो च्याउको बीउ खपत भएको छ ।

“च्याउ खेती गर्न इच्छुक कृषक समूह र किसानलाई व्यक्तिगतरुपमा च्याउ खेती गर्नका लागि अनुदान रकम दिएका छौँ”, उहाँले भन्नुभयो ।

हालसम्म च्याउ खेतीमा संलग्न किसानले रु चार लाख मूल्य बराबरको दुई मेट्रिक टन बढी उत्पादित च्याउ स्थानीय बजारमा बिक्री गरिसकेका छन् । अझै रु ३० लाख बढी मूल्यको १५ मेट्रिक टन च्याउ उत्पादन हुने उहाँले बताउनुभयो ।

छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउ खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । उहाँले भन्नुभयो, “च्याउ घर निर्माण गरेको ४८ दिनमै किसानले गतिलो आम्दानी हात पार्न थालेपछि यस खेतीलाई धेरैले व्यावसायिकरुपमै अगाडि बढाउने सोच अघि सारेका छन् ।”

अनुदान रकम पाएर पहिलोपटक च्याउ खेतीमा संलग्न किसान राधेश्याम चौधरीले बीउ राखेको ३० दिनदेखि नै उत्पादन दिन थालेकाले च्याउ बिक्री गर्न थालेको बताउनुभयो ।

हालसम्म स्थानीय बेलौरी बजारमा रु ७० हजार बढीको उत्पादित च्याउ बिक्री गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अझै रु तीन लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयार भएको छ । यहाँका किसानले उत्पादित च्याउ प्रतिकिलो रु २०० देखि रु दुई सय ५० मा बिक्री गर्दै आएका छन् ।

एनएनएसडब्लुए संस्थाको आर्थिक सहयोग र कृषि शाखाको प्राविधिक सहयोगमा बेलौरी नगरपालिकाको वडा नं ३ र ५ का समूहमा आबद्ध किसान सामूहिकरुपमा २३ वटा च्याउ घर निर्माण गरी च्याउ उत्पादनमा लागेका छन् । च्याउ खेतीबाट प्रत्यक्षरुपमा यहाँका ३०० भन्दा बढी किसान लाभान्वित भएका छन् ।

छोटो अवधिमै मनग्य आम्दानी च्याउ खेतीबाट हुन थालेपछि किसानले बेमौसमी समयमा पनि च्याउ खेती गर्नका लागि तालीमको व्यवस्था गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...