उपमेयरले लगाएको रानीपोखरीको ताला मेयर विद्यासुन्दरले तोडे



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ। महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको भ्रमण क्रममा संरक्षण अभियन्ताले रानीपोखरीको गेटमा लगाएको ताला केही समयपछि दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन्।

बिहान रानीपोखरी अवलोकनको क्रममा पुगेकी उपमेयर हरिप्रभाले खड्गीले ‘पुरातत्वको स्वीकृति विना बनेको रहेछ’ भनेकी थिइन्। उनको अबलोकन क्रममै पुरातत्वविद् र सम्पदाविद्का साथै स्थानीय संरक्षक अभियन्ताले रानीपोखरीमा तालाबन्दी गरेका थिए।

दिउँसो मेयर शाक्यसहितको टोलीले उक्त ताला तोडेका हुन्। शाक्यले ताला खोलेर रानीपोखरी भित्रै गएर अवलोकन गरी फर्किएका छन्। उनी गेटमा लगाएको रड खोलेर भित्र पसेका थिए।

शाक्यले व्यक्तिगत र दलगत लान्छाना लगाएर मात्रै नहुने भन्दै रानी पोखरीको निर्माणका लागि आफूभन्दा पहिले नै सम्झौता भइसकेकाले काम अघि बढ्दे बताएका हुन्। उनले यसबारे थप अनुसन्धान गर्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...