नेप्से ९ महिना यता कै न्यून बिन्दुमा, २० अंकले घट्दा ५४ करोडको सेयर कारोवार !



हाम्रो इकोनोमि

साताको तेस्रो दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २०.६४ अंकले घटेर १४४७.०४ को बिन्दुमा पुगेर रोकिएको छ । यो ९ महिना यता कै न्यून बिन्दु हो ।

यस दिन १५९ कम्पनीको ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपियाँको कारोबार भएको छ । बैंकिङ १८, व्यापार ४, होटल २३, विकास बैंक ३६, जलविद्युत ३६, फाइनान्स १६, बिमा १३८, उत्पादन ३० र माइक्रोफाइनान्स उपसूचक ३२ अंकले ओर्लिएका छन्।

आज कारोबारमा आएका अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, एभरेस्ट बैंक, चिलिमे हाइड्रो, नेपाल बैंक लगायत रहेका छन् ।

आज महुली लघुवित्तका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.७ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...