रमिला न्यौपानेले ल्याईन्, नयाँ गीति एल्बम -‘तल परिन्न’ हेर्नुहोस म्युजिक भिडियो



हाम्रो इकोनोमि

लोक गायिका रमीला न्यौपाने र गायक खुमन अधिकारीको आवाजमा नयाँ गीति एल्बम ‘तल परिन्न’ सार्वजनिक भएको छ ।

आफ्नो काम गरेर तल परिन्न भन्ने बोलको गीत रमिला न्यौपाने र रामप्रसाद कँडेलले बजारमा ल्याएका हुन् ।

गीतमा छोरा र छोरीले गर्ने काम भनी कामको वर्गीकरण भन्दा सक्ने काम सवैले गर्नुपर्छ भन्ने चेतनामुलक सन्देश दिन खोजिएको छ । आफ्नो कामलाई घृणा गर्ने आफै पछि पर्छन् भन्दै गीतमा भनिएको छ, राम्रो सोचाइ हुनेहरुले राम्रो काम गर्छन् ।

खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष म्युजिक प्रालिबाट बजारमा आएको छ भने निर्देशक प्रकाश भट्टले भिडियोमा निर्देशन गरेका छन् ।

राजेश घिमिरेको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोमा खुमन र रमिलाले आफैंले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...