प्रमुख निर्वाचन आयुक्तले बुहारीलाई सांसद बनाउन ब्यबस्थानै लथालिङ्ग पार्न खोजे पछी सर्बोच्चमा मुद्दा दायर,चोर बाटो बाट सांसद बनाउन को-को कस्सिए



निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको क्रमसंख्या तलमाथि गर्न पाउने भन्दै दलहरूलाई उर्दी जारी गरिरहे पनि आयोगकै कानूनमा भने दुईथरी व्यवस्था भेटिएको छ ।

निर्वाचन आयोगका प्रदेश सभा सदस्यसम्बन्धी ऐनमा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी दफा र प्रदेश सभा सदस्य सम्बन्धी नियमावलीका दफामा फरक फरक व्यवस्था भेटिएको हो ।
यो व्यवस्थाले एकातिर दलहरू अलमलमा परेका छन् भने अर्कातिर आयोग नै हचुवामा काम गरिरहेको छ भन्ने पुष्टि गरेको छ ।आयोगको प्रदेश सभा सदस्य सम्बन्धी ऐन अनुसार, दलहरूले आरक्षित कोटामध्ये आदिवासी जनजाति, खस आर्य, दलित, मधेशी, थारु, मुस्लिमलगायतका कोटाका क्लष्टरवाइज क्रमसंख्या यथासम्भव तलमाथि नहुने गरी निर्वाचित गर्नुपर्ने उल्लेख गरेको छ । तर, त्यसलाई थप प्रष्ट पार्ने भन्दै नियमावलीको दफा ४१ मा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारको नामावली तलमाथि नगरी क्रमसंख्या फेरबदल नगरी निर्वाचित गर्नुपर्ने उल्लेख गरेको छ ।

आयोगले प्रदेश सभाका समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाउन आयोगले दललाई ०७४ पुस ९ गते आइतवार पत्र पठाएको छ । यस्तो व्याख्या अहिले आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले गर्दै आएका छन् अझ पटक पटक सार्वजनिक कार्यक्रम यही कुरा दोहो¥याइरहेका छन् ।

ऐनमा भएको कुरालाई नियमावलीले काट्न नसक्ने भन्दै दलका नेताहरू भने बन्दसूचीको क्रम संख्या तलमाथि गर्न सकिने मुडमा छन् । आयोगले ऐनलाई प्रष्ट पार्न नियमावलीमा व्यवस्था गरेको व्याख्या गरे पनि अन्तिम व्याख्या भने ऐनको हुने भएकोले प्राथमिकता लागू नहुने राजपाका महासचिव केशव झाले टिप्पणी गरेका छन् ।

प्रमुख आयुक्तको आफ्नै कारण
बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नपाउने भन्दै दलहरूलाई निर्देशन दिनुमा प्रमुख कारण आयोगका आयुक्तहरूकै स्वार्थले गर्दा भनिएको पुुष्टि हुन्छ । आयोगका स्रोतका अनुसार, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको आफन्तको समेत दलहरूको बन्दसूचीमा नाम छ । क्रमसंख्या मिचिएको अवस्थामा उनीहरूको नाम नपर्ने तर क्रमसंख्या नमिच्दा नाम पर्ने भएकोले आयुक्तहरूले क्रमसंख्या नमिच्न दलहरूलाई दबाब दिएका हुन् ।

प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवकी बुहारी प्रदेश २ मा माओवादीको तर्फबाट समानुपातिकको बन्दसूचीमा छिन् । उनको नाम प्रमिलाकुमारी यादव हो । माओवादीले दुई नम्बर प्रदेशमा पाएको समानुपातिक सीट संख्या र क्रमअनुसार नाम पठाउँदा प्रमुख यादवकी बुहारीको नाम छानिनेछन् तर प्राथमिकता क्रम तलमाथि भएको अवस्थामा प्रमुख यादवकी बुहारीको नाम पर्नेछैन ।

सोही कारण यादवले पटकपटक क्रमसंख्या अनुसार नै समानुपातिकको उम्मेदवार छनौट गर्न सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । साथै, अन्य केही आयुक्तका पनि आफन्त रहेको आयोगका कर्मचारीको भनाइ छ ।

राजपा समस्यामा
निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको बन्दसूची हरेक प्रदेश अनुसार फरकफरक प्रतिशतका आधारमा तय छ । आरक्षित कोटाहरू आदिवासी जनजाति, खसआर्य, दलित, मधेशी, थारु र मुस्लिमको क्लष्टर विभाजित छ र ती क्लष्टरको प्रदेश अनुसार फरक हुने जनसंख्याका आधारमा फरक प्रतिशत तय छ ।

तर, प्रदेश २ को हकमा राजपाले बुझाएको बन्दसूची मधेशी क्लष्टरबाहेकको नाम छैन । प्रदेश २ मा बुझाउनुपर्ने ६४ जनाको सूचीमा सबै मधेशी मात्रै छन् । क्लष्टर नमिलाउने दलको सूची सुरुमा कसरी आयोगले बुझ्यो ? त्यस्तो सूची बुझ्ने आयोगले अब क्लष्टरको प्रतिशत मिलाएर सांसद निर्वाचित गर भन्न मिल्छ कि मिल्दैन ? अहिले प्रश्न उठेको छ ।

राजपाले क्लष्टरवाइज उम्मेदवार निर्वाचित गरेर पठाउने हो भने उसले पाएको १० सीट मध्ये दलिततर्फको एउटा पुरुष र जनजातिको कोटा रिक्त हुनेछ । ती कोटामा उम्मेदवारको नाम नै छैन । होइन क्लष्टरवाइज नभई संख्याका आधारमा पठाउने हो भने मात्रै १० वटा सीटमै नाम पठाउन सक्छ । यतिसम्म हेलचक्र्याँई गर्ने आयोगले दलहरूले प्राथमिकता सूची फेरबदल गर्दा केही भन्न सक्ने हैसियत भने राख्दैन ।

अदालतसम्म पुग्यो
बन्दसूचीलाई प्राथमिकता अनुसार नै निर्वाचित गर्नुपर्ने व्याख्या भएपछि त्यसविरुद्ध अदालतमा मुद्दा पनि परेको थियो । अधिवक्ता दीपेन्द्र झाले समावेशी सिद्धान्त विपरीत आयोगले प्राथमिकता सूची र क्लष्टर बनाउने गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्यतिबेला अदालतलाई जवाफ दिने क्रममा आयोगले ऐनको दफाको यथासम्भव भन्ने शब्दमा टेकेर व्याख्या गरि पठाएको थियो । त्यसपछि प्राथमिकता क्रम लागू गर्नुनपर्ने आदेश अदालतले दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ ।

अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग