ओली चीन नजिकको केरुङ्ग पुगेको भन्दै प्रचण्ड भारत नजिकको ठोरी पुगे,ओली रसुवा गएको भन्दै ठोरी पुगेका प्रचण्डले ओलीलाई यसरी झटारो हाने



हाम्रो इकोनोमि

चुनाव लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा पुगेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्साको ठोरी पुगेका छन्। नाकाबन्दीका बेला केरुङ–रसुवागढी नाकाले जस्तै ठोरी नाकाले भारतीय नाकाबन्दीको असर कम गर्न भूमिका खेलेको थियो।

आफूलाई मतदान गरेर विजय गराउने मतदातालाई धन्यवाद दिने घरदैलोको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार चितवन–३ अन्तर्गतको बाँदरझुला पुगेका छन्। त्यसैक्रममा त्यससँगै सीमा जोडिएको पर्साको ठोरी पुगेका हुन्।

अघिल्लो हप्ता रसुवा पुगेका ओलीले छिट्टै नै चिनिया रेल त्यतैबाट आउने बताएका थिए। ठोरी पुगेर प्रचण्डले पनि त्यही सन्दर्भ झिके। ‘चुनावको विजय जुलुसका लागी केपी ओली रसुवा जानुभयो, म यहाँ आएँ’ उनले भने, ‘अब ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भयो।’

पर्सामा परेपनि चितवनको माडीसँग सीमा जोडिएको ठोरी गाउँपालिकाले आफूलाई प्रदेश–२ मा होइन, चितवनसमेत समावेश भएको प्रदेश–३ मा राखिनुपर्ने लविङ गर्दै आएको छ। ठोरीमा पुगेर प्रचण्डले वामगठबन्धनको सरकार बनेपछि ठोरीलाई प्रदेश–३ मा पार्ने प्रतिबद्दता व्यक्त गरेका छन्।

ठोरी गाउँपालिकाले आज विहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रचण्डले भने, ‘ठोरीलाई प्रदेश–३ मा राख्ने सहमति भएको हो। तर मधेश आन्दोलनका कारण त्यो सम्भव भएन। अब नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता ठोरीलाई प्रदेश–३ मा पार्ने हुन्छ।’

त्यस अवसरमा उनले ठोरी–केरुङ मार्ग छिट्टै निर्माण गरिने दावी समेत गरे। ‘त्रिदेशीय साझेदारीका लागी यो मार्ग निकै महत्वपूर्ण छ,यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ’ प्रचण्डले भने, नाकाबन्दीका बेला महत्वपूर्ण भूमिका खेलेको ठोरी नाकालाई व्यवस्थित बनाइनेछ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...