चार महिनाको व्यापार घाटा ३ खर्ब ७ अर्ब



आर्थिक बर्ष २०७४/७५ को चार महिनासम्ममा कुल वस्तु निर्यात ७.५ प्रतिशतले वृद्धि भई २६ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ २ प्रतिशत, चीनतर्फ ३३.५ प्रतिशत र अन्य मुलुकतर्फ १३.३ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घ्यू, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि।आई।पाईप, उनी गलँैचा लगायतका वस्तुहरूको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात १०.८ प्रतिशतले बढेर ३३४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८७.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा भारतबाट भएको आयात १२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ४.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम।एस। बिलेट, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा बिरगञ्ज भन्सार र कृष्णनगर भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र रसुवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ११.१ प्रतिशतले बढेर ३ खर्ब ७ अर्ब ९६ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ९७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.९ प्रतिशतमा रहको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  ०७ : ५१  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०