प्रकाशमानले गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलाई साथमा लिएर पार्टी कब्जा गर्ने , देउवाले तलमाथी गरे काँग्रेस फुटाउने सम्मको चेतावनी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुको साथ लिएर बलियो गुट बनाउने तयारी गरेका छन् । नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि आफू अघि सर्न लागेको बताएका छन् ।

 

कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङसहितको समुहलाई साथ लिएर पार्टीको नेतृत्व लिने प्रयास गरेका हुन् । विश्वप्रकाश शर्मा, जीवन परियार लगायतका नेताहरुको साथ लिने प्रयासमा सिंह छन् । चुनावमा कांग्रेसको कमजोर नतिजा आएसँगै पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने बताउँदै आएका सिंहले अब संगठन बनाएर नेतृत्वमाथि हस्तक्षप गर्न लागेको बताइएको छ ।

नेता दिपक खड्कालाई पनि सिंहले आफ्नो गुटमा ल्याउने प्रयास गरेका थिए । तर खड्का भने महामन्त्री शशांक कोइरालाको पक्षमा देखिएका छन् । कोइरालालाई नै संसदीय दलको नेता र पार्टी सभापति बनाउने पक्षमा खड्का छन् ।

चुनावमा कांग्रेसले पराजय भोगेपछि देउवाको कार्यशैलीबाट प्रकाशमान रुष्ट देखिएका छन् । चुनाव लगत्तै टेलिभिजन कार्यक्रम धमलाको हमलामार्फत देउवालाई सभापति छोड्न दबाब दिएका सिंहले निरन्तर रुपमा नेतृत्वको आलोचना गर्दै आएका छन् ।

ससंदीय दलको नेता बनेर नेतृत्वमा पुग्ने अभियानका लाग सिंहले युवा नेताहरुलाई फकाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...