प्रकाशमानले गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलाई साथमा लिएर पार्टी कब्जा गर्ने , देउवाले तलमाथी गरे काँग्रेस फुटाउने सम्मको चेतावनी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुको साथ लिएर बलियो गुट बनाउने तयारी गरेका छन् । नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि आफू अघि सर्न लागेको बताएका छन् ।

 

कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङसहितको समुहलाई साथ लिएर पार्टीको नेतृत्व लिने प्रयास गरेका हुन् । विश्वप्रकाश शर्मा, जीवन परियार लगायतका नेताहरुको साथ लिने प्रयासमा सिंह छन् । चुनावमा कांग्रेसको कमजोर नतिजा आएसँगै पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने बताउँदै आएका सिंहले अब संगठन बनाएर नेतृत्वमाथि हस्तक्षप गर्न लागेको बताइएको छ ।

नेता दिपक खड्कालाई पनि सिंहले आफ्नो गुटमा ल्याउने प्रयास गरेका थिए । तर खड्का भने महामन्त्री शशांक कोइरालाको पक्षमा देखिएका छन् । कोइरालालाई नै संसदीय दलको नेता र पार्टी सभापति बनाउने पक्षमा खड्का छन् ।

चुनावमा कांग्रेसले पराजय भोगेपछि देउवाको कार्यशैलीबाट प्रकाशमान रुष्ट देखिएका छन् । चुनाव लगत्तै टेलिभिजन कार्यक्रम धमलाको हमलामार्फत देउवालाई सभापति छोड्न दबाब दिएका सिंहले निरन्तर रुपमा नेतृत्वको आलोचना गर्दै आएका छन् ।

ससंदीय दलको नेता बनेर नेतृत्वमा पुग्ने अभियानका लाग सिंहले युवा नेताहरुलाई फकाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...