देउवाको असक्षमताका कारण काग्रेस डुब्यो – प्रकाशमान सिह



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा सुधार ल्याउन जस्तोसुकै कदम चाल्न पनि आफु पछि पर्ने उद्घोष गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको अलोकप्रियताका कारण यो अवस्थामा पार्टी आएको आरोप लगाउदै वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको बताउनु भयो ।

काठमाडौं क्षेत्र नम्वर १ मा आयोजित कार्यक्रममा नेता सिंहले यसअघिका सभापतिहरुले पार्टीको गरिमा राख्न सफल भएपनि देउवाको नेतृत्वकालमा त्यो गरिमा राख्न नसकिएको आरोप लगाउनु भयो । उहाले भन्नुभयो, ‘पार्टी नेतृत्व ठीक भएन, कांग्रेसलाई सुुधार ल्याऊ भन्ने कुरा त अहिलेको चुनावको अभिमतले पनि देखाएको छ ।’ अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उहाले स्पष्ट पार्नुभयो । संसदीय दलको नेता बन्ने तयारीमा जुटिरहनु भएका नेता सिंहले पार्टी सस्थापकले बनाएको स्टाटसमा आफुले पार्टी लैजान पहल गर्ने पनि बताउनु भयो ।

देउवाले मेरो सुझाव मान्नु भएन

पार्टी सभापति शेरबहादुर देउवालाई निर्वाचन अघि नै भावि प्रधानमन्त्रीका रुपमा अन्य कोही व्यक्तिलाई अघि सार्न सुझाव दिँदा पनि नमानेको खुलासा गर्नुभयो । देउवाकै अलोकप्रियताका कारण स्थानीय तहको निर्वाचनमा कांग्रेस दोस्रो पार्टी बनेको स्मरण गराउदै सिंहले चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिए पनि देउवाले नमानेको बताउनु भयो । बरु उल्टै उहाले ज्योतिषीले सात पल्ट प्रधानमन्त्री बन्छस् भनेर चुनावी कार्यक्रममा बोल्दै हिडेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...