देउवाको असक्षमताका कारण काग्रेस डुब्यो – प्रकाशमान सिह



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा सुधार ल्याउन जस्तोसुकै कदम चाल्न पनि आफु पछि पर्ने उद्घोष गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको अलोकप्रियताका कारण यो अवस्थामा पार्टी आएको आरोप लगाउदै वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको बताउनु भयो ।

काठमाडौं क्षेत्र नम्वर १ मा आयोजित कार्यक्रममा नेता सिंहले यसअघिका सभापतिहरुले पार्टीको गरिमा राख्न सफल भएपनि देउवाको नेतृत्वकालमा त्यो गरिमा राख्न नसकिएको आरोप लगाउनु भयो । उहाले भन्नुभयो, ‘पार्टी नेतृत्व ठीक भएन, कांग्रेसलाई सुुधार ल्याऊ भन्ने कुरा त अहिलेको चुनावको अभिमतले पनि देखाएको छ ।’ अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उहाले स्पष्ट पार्नुभयो । संसदीय दलको नेता बन्ने तयारीमा जुटिरहनु भएका नेता सिंहले पार्टी सस्थापकले बनाएको स्टाटसमा आफुले पार्टी लैजान पहल गर्ने पनि बताउनु भयो ।

देउवाले मेरो सुझाव मान्नु भएन

पार्टी सभापति शेरबहादुर देउवालाई निर्वाचन अघि नै भावि प्रधानमन्त्रीका रुपमा अन्य कोही व्यक्तिलाई अघि सार्न सुझाव दिँदा पनि नमानेको खुलासा गर्नुभयो । देउवाकै अलोकप्रियताका कारण स्थानीय तहको निर्वाचनमा कांग्रेस दोस्रो पार्टी बनेको स्मरण गराउदै सिंहले चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिए पनि देउवाले नमानेको बताउनु भयो । बरु उल्टै उहाले ज्योतिषीले सात पल्ट प्रधानमन्त्री बन्छस् भनेर चुनावी कार्यक्रममा बोल्दै हिडेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...